back
NMB ad

सेयरधनीलाई १२ प्रतिशत बोनस सहित ६० प्रतिशत हकप्रद पनि

Kumari bank ad

काठमाडौ । जनता बैंंकले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले फागुन १ गते साधारणसभा गर्ने सूचना जारी गर्दै उक्त प्रस्ताव गरेको हो । बैंकले दिने बोसन भर्खरै हकप्रद सेयर भर्नेहरुले भने पाउने छैनन् ।

janata-bank

बैंकले त्रिवेणी विकास बैंकसँग मर्ज भएपछि ६० प्रतिशत हकप्रदसमेत जारी गर्ने प्रस्ताव गरेको छ । बैंकले त्रिवेणीसँग मर्जमा जाने प्रस्ताव आगामी साधारणसभामा लैजाँदै छ । जनता बैंकको बोनसपछि चुक्ता पूँजीमा २४ करोड ७२ लाख रुपैयाँ थपिएर ३ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ पुग्ने छ ।

त्रिवेणी विकास बैंकसँगै उसको चुक्ता पूँजी ९७ करोड ५८ लाख १७ हजार रुपैयाँ थपिने छ । दुवैको मर्जपछि जनता बैंकको चुक्ता पूँजी ४ अर्ब ७० करोडभन्दा माथि हुने छ । दुवै बैंक गाभिएपछि बैंकले जारी गर्ने ६० प्रतिशत हकप्रदले बैंकको चुक्त पूँजी ७ अर्ब ५३ करोड ४४ लाख नाघ्ने छ । बैंकले चालु आर्थिक बर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ ।

प्रकाशित मितिः २०७३ माघ ८

वि.सं.२०७३ माघ ८ शनिवार १२:५३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...