back
NMB ad

अमेरिकाले जित्ने भाषण सहित ट्रम्पको शासन सुरुः हेर्नुहोस् अमेरिकाले कसरी जित्नेछ ?

Kumari bank ad

अमेरिका। ४५ औँ राष्ट्रपतिका रुपमा शुक्रबार शपथ ग्रहण गरे लगत्तै डोनाल्ड ट्रम्पको शासन सुरु भएको छ । उनले सपथ लिने क्रममा सम्बोधन पनि गर्न भ्याए । वासिङटनका विभिन्न ठाउँमा ट्रम्पविरोधी प्रदर्शन र झडपका बीच भएको शपथ समारोहमा उनले लिएको सपथ र सम्बोधनको विषय यस्तो छ ः

१. आज हामी एउटा प्रशासनबाट अर्कोमा, एउटा पार्टीबाट अर्कोमा शक्ति हस्तान्तरण मात्र गरिरहेका छैनौँ। हामी वासिङटन डिसीबाट तपाईँ, जनतामा शक्ति हस्तान्तरण गरिरहेका छौँ।

२. वासिङटन फक्रियो, तर यसको सम्पतिमा जनताले सेयर पाएनन्। नेताहरु सम्पन्न भए तर जागिर गुम्यो, फ्याक्ट्रीहरु बन्द भए। संस्थापनले आफूलाई रक्षा गर्‍यो तर देशका नागरिकलाई गरेन। उनीहरुको विजय तपाईँको विजय हुन सकेन। आजको दिन जनता यो देशको पुनः शासक भएको रुपमा सम्झना गरिनेछ।

३. दशकौँदेखि हामीले विदेशी उद्योगलाई फस्टाउन दियौँ अमेरिकी उद्योगको साटो, अरु देशका सेनाहरुलाई सुविधा दिएर हाम्रो सेनालाई कमजोर बनायौँ। अरु देशको सीमा रक्षा गरेर आफ्नै सीमा रक्षा गर्न सकेनौँ। समुद्रपारी खर्बौँ डलर खर्च गरेर अमेरिकी पूर्वधारलाई खत्तम बनायौँ। हामीले अरु देशहरुलाई धनी बनायौँ तर हाम्रो देशको सम्पति, शक्ति र विश्वासलाई कमजोर बनायौँ। हाम्रो मध्यम वर्गको सम्पति उनीहरुको घरबाट खोसेर विश्वमा वितरण गर्‍यौँ। तर यो विगतको कुरा हो। र अब हामी भविष्षय हेरिरहेका छौँ।

४. आजको दिनदेखि अमेरिका पहिले अमेरिका पहिले हुनेछ। व्यापार, कर, अध्यागमन, विदेश मामिला हरेकमा निर्णय अमेरिकी कर्मचारी र अमेरिकी परिवारको हितमा हुनेछ।

५. अमेरिकाले फेरि जित्न थाल्नेछ र पहिले कहिल्यै नजिते जसरी जित्नेछ। हामी हाम्रो रोजगार फिर्ता ल्याउने छौँ। हामी हाम्रा सीमाहरु फिर्ता ल्याउनेछौँ। हामी हाम्रो सम्पति फिर्ता ल्याउने छौँ। र हामी हाम्रा सपनाहरु फिर्ता ल्याउने छौँ।

६. हामी नयाँ बाटो र राजमार्गहरु र पुलहरु र विमानस्थलहरु र सुरुङहरु र रेलमार्गहरु हाम्रो सुन्दर देशभर बनाउने छौँ। हामी हाम्रो देशको पुननिर्माण अमेरिकी हात र अमेरिकी श्रमबाट गर्नेछौँ।

७. हामी दुई वटा सरल नियम अपनाउने छौँ( अमेरिकी किन र अमेरिकी श्रम काममा लगाऊ।

८. हामी पुराना गठबन्धनहरुलाई बलियो बनाउने छौँ र नयाँ बनाउने छौँ र सभ्य संसारलाई कट्टरपन्थी इस्लामिक आतंकवादविरुद्ध एकतावद्ध बनाउँदै पृथ्वीबाट निर्मूल पार्नेछौँ।

९. हामी कुरा मात्रै गर्ने काम नगर्ने र गुनासो मात्रै गर्ने नेताहरुलाई स्वीकार गर्ने छैनौँ। कुरा मात्र गर्नेको समय सकियो। अब काम गर्ने बेला आयो।

१०. कालो होस् वा खैरो वा गोरो, हामी देशभक्त सबैको रगत रातो हुन्छ। हामी मिलेर अमेरिकालाई बलियो बनाउँछौँ। हामी अमेरिकालाई फेरि धनी बनाउँछौँ। हामी अमेरिकालाई फेरि गर्व गर्ने बनाउँछौँ। हामी अमेरिकालाई फेरि सुरक्षित बनाउँछौँ। र हो, सँगै मिलेर हामी अमेरिकालाई फेरि महान् बनाउँछौँ।

साभाः बिजमाण्डु डटकम

प्रकाशित मितिः २०७३ माघ ८

वि.सं.२०७३ माघ ८ शनिवार १३:४२ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...