back
NMB ad

साधारण सेयरबारे तपाईलाई कति थाहा छ ? हेर्नुहोस् जान्नुपर्ने केहि टिप्स !

Kumari bank ad

काठमाडौ । साधारण सेयर कुनै पनि व्यवसायीक संगठनको त्यो सेयर हो, जसमा ऋणदाताहरु र पूर्वाधिकार सेयरधनीहरुलाई क्रमशः ब्याज र लाभांश वितरण गरीसकेपछि मात्र बाँकी रहेको नाफा बाँडिन्छ । यस सेयरलाई इक्विटि सेयर पनि भनिन्छ । साधारण सेयरधनीहरु व्यवसायका वास्तविक मालिक हुन्छन् । यसर्थ पूर्बाधिकार सेयरको पुँजी भुक्तानी गरिसकेपछि बाँकी रहेको रकममा मात्र साधारण सेयरधनीहरुको अधिकार रहन्छ ।

पूर्वाधिकार सेयरमा एक निश्चित लाभांश दर तोकिएको हुन्छ । तर साधारण सेयरमा लाभाँश दर निश्चित हुँदैन । यस सेयर पुँजीमा वितरण गरिने प्रतिफल सामान्यतया फर्मको लाभ आर्जन गर्न सक्ने क्षमतामा भर पर्दछ । यदि फर्मको नाफा अधिक छ भने लाभांशको दर पनि धेरै नै हुन्छ भने नाफा कम भएमा लाभांश दर पनि कम नै हुन जान्छ । साधारण सेयर धनीहरु फर्मको वास्तविक मालिक हुने हुँदा यीनीहरुलाई कम्पनी संचालन गर्नको लागि संचालक समितिको चुनावमा भाग लिन पाउने अधिकार रहन्छ ।

कुनैपनि व्यवसायिक फर्मको दीर्घकालिन पुँजीको महत्वपूर्ण स्रोत साधारण सेयर हो । यो कम्पनीको स्थायी पुँजी हो । कम्पनीले यसलाई फिर्ता गर्न बाध्य हुनु पर्दैन । यस्तो सेयरमा लाभांश दर निश्चित हुँदैन र यस्तो सेयर निष्काशन गर्दा फर्मले कुनै सम्पति बन्धक राख्न नपर्ने हुँदा फर्मको लागि साधारण सेयर उपयुक्त पुँजीको स्रोत हुन्छ ।

साधारण शेयरबारे थप कुराहरुः

१.अंकित मूल्यः

साधारण सेयरको अंकित मूल्य सामान्यतया रु १० वा रु १०० निर्धारण गरिएको हुन्छ ।

२. परिपक्व अबधि नहुनेः

साधारण सेयरमा पूर्वाधिकार र ऋणपत्रमा जस्तो निश्चित परिपक्व अबधि तोकिएको हुँदैन । फर्मको जीवन अबधिभर पूँजी फिर्ता गर्नुपर्दैन ।

३. स्वामित्व अधिकारः

साधारण सेयर धनीहरुलाई फर्मको स्वामित्व प्राप्त हुन्छ । उनीहरुलाई नियन्त्रण सम्बन्धी अधिकार, संरक्षण अधिकार, बिघटन अधिकार, आयमाथि अधिकार तथा अतिरिक्त सेयर वितरणमा अधिकार जस्ता अधिकारहरु प्राप्त हुन्छ ।

४. सक्रिय लगानीकर्ताः

साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताहरु सक्रिय हुन्छन् । जसले गर्दा पूँजी बजारमा साधारण सेयरको कारोबार बढी हुन्छ ।

५. ब्यापक बजारः

साधारण सेयरको बजार बोण्ड र पूर्बाधिकार सेयरको बजार भन्दा ब्यापक र विस्तृत हुन्छ ।

प्रकाशित मितिः २०७३ माघ ८

वि.सं.२०७३ माघ ८ शनिवार १४:०८ मा प्रकाशित

You can share this post!

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...