back
NMB ad

किसानको सक्रियतामा बीउ बैंक स्थापना

Kumari bank ad

महोत्तरी । महोत्तरीको सीतापुर भङ्गहाका किसानले आफ्नै सक्रियतामा व्यावसायिक रुपमा बीउ बैंक स्थापना गरेका छन् । बजारबाट महँगो मूल्यमा खरिद गरेर ल्याएको बीउबिजनबाट ठगिएपछि उत्पादन बढाउन उनीहरुले आफै बीउ बैंक स्थापना गरेका हुन् ।

नक्कली बीउकै कारण उत्पादन घटेर पिरोलिएका किसान गढीमाई कृषि सहकारीमार्फत रैथाने जातको बीउ जोगाउनमा लागेका छन् । जिल्ला कृषि विकास कार्यालयले किसनालाई ५० प्रतिशत अनुदानमा आधुनिक जातको मूल बीउ उपलब्ध गराएको जढीमाई सहकारीका अध्यक्ष सत्यनारायण यादवले बताए । यसअघि यहाँका किसान भारतीय बजारको बीउमा निर्भर थिए ।

“बजारको बीउमा धेरैपटक ठगियौँ, लगानी नै डुब्यो स्थानीय विजयकुमार महतोले भने, बीउ भण्डारण केन्द्र स्थापना भएपछि किसानलाई बीउ खरिद गर्न सजिलो भएको छ । उत्पादनका लागि बीउ भण्डारण कक्ष, पावर टेलर, बीउ ग्रेडिङ गर्ने मेसिन, सिड ड्रिललगायतका करिब रु १० लाख बराबरको उपकरण सहकारीमार्फत किसानलाई उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बताए ।

प्रकाशित मितिः २०७३ माघ ८

वि.सं.२०७३ माघ ८ शनिवार १६:२९ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...