back
NMB ad

अमेरिकी राष्ट्रपति ट्रम्पको प्रार्थना सभामा हिन्दु पुजारी !

Kumari bank ad

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय प्रार्थना सभामा प्रार्थना गर्ने कैयौं धार्मिक नेतामा एकजना हिन्दू पुजारी पनि सामेल गरिएका छन्। शनिबार उक्त प्रार्थना सभा आयोजना गरिएको थियो ।

मेरिल्यान्डको लनहममा श्री शिवविष्णु मन्दिरका नारायणाचार्य एल दिगालाकोटालाई समारोहमा आमन्त्रण गरिएको थियो । राष्ट्रपतिको प्रार्थना सभामा पहिलोपटक हिन्दु पुजारीलाई आमन्त्रण गरिएको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

पदको शपथ ग्रहण गरेलगत्तै ट्रम्पले ओबामाकेयर हटाउने विधेयकमा हस्ताक्षर गरेका छन् । करदातामाथि अनावश्यक व्ययभार बढेको भन्दै ट्रम्पले राष्ट्रपतिको चुनाव प्रचारका क्रममा ओबामाकेयर योजना अनावश्यक भएको बताउँदै आएका थिए । ओबामाले सुरु गरेको सस्तो स्वास्थ्य सेवा ओबामा केयरको कानुनमा यसबाट केही प्रभाव पर्नेछ ।

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सम्बन्धित विभागलाई एउटा पत्र पनि पठाएको छ । पत्रमा ओबामा केयरमाथि तत्काल रोक लगाउन आदेश दिइएको छ । हस्ताक्षर गरेपछि उनले सञ्चारकर्मीलाई भने, ‘निकै व्यस्त, गजब र शानदार दिन रह्यो ।’ रिपब्लिकन पार्टी ओबामाले अघि सारेको कदमको सधैं विपक्षमा थियो । ओबामाकेयरको साटो अरू कुनै कानुन ल्याउनुपर्ने उनको माग छ । ट्रम्पले आफ्ना मतदातासमक्ष आफू राष्ट्रपति बनेमा कानुन संशोधन गर्ने वचन दिएका थिए । उक्त कानुन फिर्ता लिन भनेर अमेरिकी सिनेटमा ६० भन्दा बढी पटक मतदान भइसकेको छ । ओबामाले हस्ताक्षर नगरेका कारण विधेयक फिर्ता लिन सकिएको थिएन ।

यसका साथै ट्रम्पको शपथ ग्रहणपछि ह्वाइट हाउसको वेबसाइटमा जलवायु परिवर्तनसम्बन्धी योजना पनि हटाएको छ । पूर्वराष्ट्रपति ओबामाका यी दुई महत्वपूर्ण कदमलाई नयाँ राष्ट्रपतिले परिवर्तन गरेका छन् । अमेरिकी जनतालाई राम्रो स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको उक्त कदमलाई सन् २०१० को मार्च २३ तारिखमा कानुन बनाइएको थियो । यो एक किसिमको स्वास्थ्य बिमा कानुन हो ।

यसैगरी उनले संसारभर फैलिएको इस्लामिक आतंकवाद ध्वस्त गर्न आह्वान गरेका छन् । ट्रम्पले भने, ‘पुरानो गठबन्धनलाई मजबुत बनाउनेछौं । आवश्यक नायँ संगठन बनाउनेछौं । संसारको शक्ति एकजुट भएर आतंकवाद निर्मूल गर्नेछौं ।’ उनले ओबामा प्रशासनले इस्लाम आतंक भनेर उच्चारण पनि नगरेको भनेर आलोचना गर्दै आएका छन् । उनले संयुक्त राज्य अमेरिकालाई सबै देशसँग सुमधुर सम्बन्ध राखे पनि अमेरिकीे स्वार्थलाई प्राथमिकतामा राखिने स्पष्ट पारे । उनले अमेरिकालाई संसारमा अझै महान् बनाइने पनि बताए ।

उनले अमेरिकी नागरिकबाट खोसिएको रोजगार फिर्ता ल्याइने पनि बताएका छन् । यसैगरी सीमा सुरक्षाको पनि उनले चर्चा गरे । उनले अमेरिकी भूमिभन्दा बाहिर उत्पादन गर्ने अमेरिकी कम्पनीलाई अमेरिका फर्कन आह्वान गरिने स्पष्ट पारे । अन्यथा त्यस्ता कम्पनीमाथि ठूलो कर लगाइने उनको धारणा थियो । उनले भने, ‘हामी अर्काको देशको सेनालाई अनुदान दिन्छौं जब कि हाम्रै सेना पीडित छ । हामी आफ्नो सीमाको सुरक्षा गर्नुको साटो अरू देशको सीमा जोगाउन खटिन्छौं । अमेरिकी पूर्वाधार ध्वस्त भइरहेको छ, हामी अर्काको देशमा हामीले अर्बौं डलर खर्च गरेका छौं ।’

अन्नपूर्ण पोष्टबाट साभार

प्रकाशित मितिः २०७३ माघ ९

वि.सं.२०७३ माघ ९ आइतवार १३:५५ मा प्रकाशित

You can share this post!

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...