back
NMB ad

हेलिकप्टरबाटै ग्रामिण भेगका भूकम्प प्रभावितलाइ पैसा बितरण !

Kumari bank ad

ओखलढुंगा । ओखलढुंगाको दुर्गम तथा पर्यटकीय गाबिस पोकलीका जनताले आफ्नै गाउँमा भूकम्प प्रभावितको पहिलो किस्ता पाएका छन् । जिल्लाका सभासद रामहरी खतिवडाको पहलमा  हेलिकप्टरमार्फत गाउँमै पैसा पुर्याएर गाउँलेहरुलाई प्रदान गरेका हुन् ।

४ सय ६६ घरधुरीलाई ५० हजार रुपैयाँका दरले २ करोड ३३ लाख रुपैयाँ बितरण गरिएको थियो । दलिय स्वार्थभन्दा माथि रहेर कार्य गरेका कारण हेलिकप्टरमा जनताको घरसम्म पैसा पुर्याउन सकिएको ओखलढुंगाका काँग्रेस सभासद रामहरी खतिवडाले बताए । आफ्नो ब्यक्तिगत पहलमा हेलिकप्टरको ब्यबस्था मिलाएका सभासद खतिवडाले जनतासँग १ रुपैयाँ पनि नलिएको बताए । उनले ओखलढुंगामा हेलिकप्टरबाटै जनताका घरसम्म पैसा लगिएको अन्य जिल्लाका लागि उदारहणीय कार्य भएको बताए ।

कार्यक्रममा एमाले सभासद हर्कबोल राइले घर निर्माणका लागि पाएको पैसा घर निर्माणमै प्रयोग गर्न अनुरोध गर्दै अन्य कार्यमा खर्च नगर्न स्थानीयलाई आग्रह गरे ।

१९ हजार ८ सय १९ घरमा क्षती पुगेको ओखलढुंगा जिल्लाको पोकली गाबिसमा ४ सय ७६ घर धुरीमा क्षती पुुगेको छ । १० परिवारको कागजी प्रकृया नपुगेका कारण उनिहरुलाई प्रक्रिया पछिमात्र रकम उपलब्ध गराइने छ । स्वास्थ्य सिबिर, नागरिकता टोली र शुरक्षा निकायका लागि लाग्ने खर्च प्रशासन बाटै बेहोरिने भएको छ । ३ दिन सम्म घुम्ती स्वास्थ्य सिबिर, नागरिकता टोली पोकली गाबिसमा बस्ने र सर्बसाधारणलाई सेवा प्रदान गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।

प्रकाशित मितिः २०७३ माघ ११

वि.सं.२०७३ माघ ११ मंगलवार १५:१८ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...