back
NMB ad

ध्यान दिनुपर्ने पाटो सम्झिनोस्ः नेपालको अलैँची–अदुवा विश्वमै स्वादिलो

Kumari bank ad

अलैँची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकले नेपालको अलैँची तथा अदुवा अब्बल रहेको बताएका छन् । पूर्वी पहाडी जिल्लाको अलैँची र अदुवा खेतीको अध्ययन–अवलोकन तथा किसानसँग छलफल गरेर झापा फर्किएको टोलीले मङ्गलबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

स्विट्जरल्यान्डको बेन युनिभर्सिटीका प्रोफेसर हान्स पिटर न्वयले नेपालको अलैँची निकै स्वादिलो र सुगन्धित रहेको बताए । नेपाली अलैँचीको प्रशंसा गर्दै उनले भने, “प्याकेजिङ र गुणस्तरमा ध्यान दिए नेपाली कृषि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा सहजै प्रवेश पाउन सक्छ ।”

त्यस्तै, टोलीकी प्राध्यापक डा स्टेफिन जकेटले नेपाली अलैँची र अदुवाको प्रशंसा गरे । टोलीमा नेपाल, स्विट्जरल्यान्ड, बोलिभिया, लाओस र युगान्डाका अलैँची र अदुवामा विद्यावारिधि गरिरहेका अनुसन्धानकर्ताको सहभागिता रहेको छ । अनुसन्धानको अगुवाइ गरिरहेको नेपाल सेन्टर फर कन्टेम्पोरेरी रिसर्च (एनसिसिआर) का कार्यक्रम संयोजक विष्णुराज उप्रेतीले यसप्रकारको अनुसन्धानले नेपालको कृषिजन्य उत्पादन अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन टेवा पुग्ने बताए ।

नेपाल अलैँची व्यवसायी महासङ्घले संयोजन गरेको ‘नगदे बाली उत्पादन, प्रवद्र्धन र निर्यात’ सम्बन्धी कार्यशालामा सहभागी भएका उनीहरुले नेपालमा उत्पादित नगदे बालीको विविध पक्षबारे जानकारी लिनुका साथै आफ्ना सिकाइ आदान–प्रदान गरेका थिए ।

प्रकाशित मितिः २०७३ माघ १२

वि.सं.२०७३ माघ १२ बुधवार १६:०७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...