back
NMB ad

बैंकिङ च्यानलमा पैसा अभाव किन ? सीएनआईले दिएको सुझाव पढ्नुहोस्

Kumari bank ad

काठमाडौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले गत वर्ष आर्थिक वृद्धिदर न्यून हुनु, रेमिटेन्समा गिरावट अनि सरकारले पुँजीगत खर्च गर्न नसकेका कारण अहिले एकाएक बजारमा तरलता अभाव देखिएको ठहर गरेको छ । गत वर्ष आर्थिक वृद्धिदर ०.७७ प्रतिशतमात्र हुँदा त्यसको प्रभाव अहिले देखिएको सीएनआईको भनाई छ ।

यसबाहेक गत वर्षदेखि नै वैदेशिक रोजगारीमा गिरावट आउँदा मुलुक भित्रिने पैसाको वृद्धिदर संकुचन भएको छ । यसबाहेक विकासनिर्माणका काम ठप्प प्रायः बन्दा सरकारी खातामा करिब साँढे दुई खर्ब रुपैयाँ होल्ड भएको छ । यसले बजारमा पैसा अभाव भएको परिसंघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अनौपचारिक अर्थतन्त्र मौलाउँदा पनि औपचारिक क्षेत्रमा समस्या देखिएको परिसंघको भनाई छ । एसियाली विकास बैंकले गरेको एक अध्ययन अनुसार नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार कुल जीडीपीको ४५ प्रतिशत पुगिसकेको छ । यसले पनि बैंकिङ च्यानलमा पैसा अभाव गर्न सहयोग पुर्याएको हो । कर्जाको माग उच्च हुनु, बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउन सानाठूला दुवै थरीका लगानीकर्ताले बैंकबाट निक्षेप झिक्दा वा कर्जा लिंदा पनि बैंकमा लगानीयोग्य पैसा अभाव भएको सीएनआईको ठहर छ । भारु एक हजार र पाँच सय नोट प्रतिबन्धले पनि अर्थतन्त्रमा असर परेको छ ।

तरलता अभावले अर्थतन्त्रमा समस्या उत्पन्न गर्नेछ । रोजगारी घटाउने, उत्पादन घट्ने, आर्थिक वृद्धिदरमा संकुचन आउन सक्ने भएकाले हाल कायम ८०ः२० को सीसीडी रेसियोलाई ८५ः१५ बनाउन सुझाव दिइएको छ । यसैगरी, सीआरआर एक प्रतिशतसम्म घटाउन पनि सीएनआईले सुझाव दिएको छ । हाल सीआरआर वाणिज्य बैंकको ६, विकास बैंकको ५ र वित्त कम्पनीले ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । सरकारले पुँजीगत खर्च बढाउन सक्नुपर्नेमा पनि सीएनआईले जोड दिइएको छ ।

प्रकाशित मितिः २०७३ माघ १२

वि.सं.२०७३ माघ १२ बुधवार १७:४७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...