back
NMB ad

आफ्ना बालबालिकाको ख्याल गर्नुहोला, चिसोको कारण २७ बालबालिकाको मृत्यु !

Kumari bank ad

अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ । जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिएका छन् ।

“अत्याधिक चिसोका कारण निर्दोष २७ जना बालबालिकाको ज्यान गएको छ, हिमपातले गर्दा गाँउदेखि स्वास्थ्य केन्द्रसम्मको सडक सम्पर्कपनि बिच्छेद भएको छ,” हसारले संचारमाध्यमलाई बताए ।

हिमपात विगत केही दिनदेखि नै भइरहेको र कतिपय ठाउँमा ५० सेन्टिमिटरसम्म हिँउ जमेकोले हिँडडुल गर्न पनि धेरै गाह्रो भइरहेको छ । द्वन्द्वग्रस्त मुलुकको यस क्षेत्रमा खाद्य असुरक्षाको समस्या पनि उत्तिकै रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवता मामिला समन्वय कार्यालयले अफगानिस्तानी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ । अफगानिस्तानको तीन करोड जनसङ्ख्यामध्ये १५ लाख ७० जनता खाद्य असुरक्षामा रहेका छन् भने एक मिलियन बालबालिकामा कुपोषणको समस्या रहेको छ ।

प्रकाशित मितिः २०७३ माघ १३

वि.सं.२०७३ माघ १३ बिहीवार १५:०३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...