back
NMB ad

चारपटक आहा रारा गोल्डकपको उपाधी जितेको मनाङ फाईनलमा

Kumari bank ad

पोखरा । गत संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लब पोखरामा चलिरहेको १५ औँ आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा संकटा क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ्ग मर्स्याङ्दी फाइनलमा पुगेको हो ।

चारपटक आहा रारा गोल्डकपको उपाधी जितेको मनाङलाई फाइनलमा पुर्‍याउन खेलको एक मात्र गोल ओलाओलाले ८५ औं मिनेटमा गरे । मनाङले उपाधिका लागि आगामी शनिबार आयोजक सहारा क्लबसँग खेल्ने छ ।

प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख ५१ हजार एक रुपैयाँ पाउनेछ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एउटा हिरो स्कुटर प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट गोलकिपर , डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मितिः २०७३ माघ १३

वि.सं.२०७३ माघ १३ बिहीवार १९:४४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...