back
NMB ad

थाहा पाइराख्नुस्, इन्स्योरेन्सको ३२ लाख ४० हजार चार सय ३६ कित्ता सेयर निष्काशन हुँदै

Kumari bank ad

काठमाण्डौं । नेको इन्स्योरेन्सले पूँजी वृद्धिका लागि निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रदको मिति तोकेको छ । इन्स्योरेन्सले एक सय रुपैंया अंकित मूल्यमा एक बराबर एकको अनुपातमा ३२ लाख ४० हजार चार सय ३६ कित्ता सेयर निष्काशन गर्ने मिति तोकेको हो ।  नेकोले आगामी फागुन ३ देखि चैत ७ गतेसम्म हकप्रद निष्काशन गर्न लागेको हो ।

पुस १४ गते सेयरधनी पुस्तिका बन्द गरेको कम्पनीको पुस १३ गतेसम्ममा सेयर किनेका लगानीकर्ताले हकप्रद भर्न पाउने छन् । अहिले चुक्ता पूँजी ३२ करोड ४० लाख ४३ हजार रुपैंया रहेको कम्पनीको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ६४ करोड ८० लाख ८७ हजार दुई सय ६४ रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको कमाईबाट बितरण गरेको २० प्रतिशत बोनस समेत गरी इन्स्योरेन्सको चुक्ता पूँजी ७० करोड रुपैंया नाघ्नेछ ।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीको सेयर भएकाहरुले एनएमबि क्यापिटल नागपोखरी, नक्साल तथा एनएमबि बैंकका कलंकी, सूर्यविनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीनदोबाटो बनेपाबाट हकप्रदको आवेदन गर्न सक्नेछन् । त्यसै गरी एनएमबि बैंकको आदर्शनगर वीरगन्ज, मिलनचोक बुटवल, बसपार्करोड धनगढी, भानुचोक जनकपुर, न्यूरोड पोखरा, नारायणगढ चितवन, सुर्खेतरोड नेपालगन्ज, रंगेलीरोड बिराटनगर, महेन्द्रपथ धरान र बिर्तामोड झापाबाट पनि लगानीकर्ताले हकप्रदको आवेदन गर्न सक्ने बताइएको छ ।

१४ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १४ शुक्रवार १४:०२ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...