back
NMB ad

एनआइडिसी बैंकलाई वाणिज्य बैंकमा गाभ्ने मन्त्रिपरिषद्को यो कस्तो निर्णय ?

Kumari bank ad

काठमाडौ। सरकारले एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले वाणिज्य बैंकलाई थप सवल र सशक्त बनाउन सरकारी स्वामित्वकै एनआइडिसी बैंकलाई त्यसमा गाभ्ने निर्णय गरेको हो ।

बैठकले गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको रुपमा त्रिविका पूर्वशिक्षाध्यक्ष डा महेन्द्र सिंहलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए । बैठकले आगामी वर्ष काठमाडौँमा आयोजना हुने विमस्टेक बैठकमा आतिथ्यको प्रबन्ध नेपालले गर्ने निर्णय गरेको छ, तर बैठकको मिति र स्थान भने खुलाइएको छैन ।

अहिलेसम्म नापी नभएको मुस्ताङको लोमान्थाङ आसपासको थुर्लुङ, छुलुप भन्ने स्थानको जग्गाको वैज्ञानिक नापी गर्नेर र नवलपरासीको बेलाहानी र मासपुरका बसोवासीको जग्गा दर्ताका लागि समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै कर्मचारी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा शैलेन्द्र गिरीलाई नियुक्त गरेको छ भने प्रकाश माथेमालाई सचिवमा पदोन्नती गरेको छ । बैठकले त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीसँग भएको समझदारीलाई कार्यान्वयन गन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा वीर अस्पतालका पूर्व रजिस्ट्रार डा श्रीकृष्ण गिरी र शिक्षा मन्त्रालय, उच्च तथा प्राविधिक महाशाखाका सहसचिव सदस्यसचिव रहनुभएको छ ।

यसैगरी मुलुकको विभिन्न क्षेत्रको सडक विकासलाई प्रभावकारी बनाउन उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार गर्ने निर्णय गरेको छ, जसअन्तर्गत भेडेटार– रवी सडक विस्तार गर्ने, भालुवाङ, लमही, घोराही तुलसीपुर सडा योजना विस्तार गरी त्यहाँ कार्यालय स्थापना गर्ने, गण्डक नहर सडक, महाकाली गुरु योजना आदिका लागि योजना कार्यालय स्थापनाका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदन राजनीतिक तहमा छलफल गरेर मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय भएको सञ्चार कार्कीले जानकारी दिए ।

प्रकाशित मितिः २०७३ माघ १४

वि.सं.२०७३ माघ १४ शुक्रवार १५:१५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...