आप्रसासीलाई प्रवेशमा कडाई गर्ने भएपछि के होला ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अमेरिका प्रेवशमा कडाई गर्ने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । ट्रम्पले उग्र इस्लामवादी आतङ्ककारीहरुलाई अमेरिका भित्रिन नदिनका लागि आप्रवासीलाई अमेरिका प्रवेशमा कडाई गर्नुपरेको बताएका छन् ।

पेन्टागनमा हस्ताक्षर गरेपछि उनले भने, “हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्नेलाई मात्रै आउन दिन्छौँ ।” राष्ट्रपति ट्रम्पले शरणार्थीका रुपमा अमेरिका आउन खोज्नेमध्ये क्रिश्चियन धर्माबलम्वीलाई प्राथमिकता दिइने स्पष्ट पारेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यस बारेमा विस्तृत विवरण दिइसकेको छैन । तर समाचारदाताले यो आदेश सिरियाका शारणार्थीप्रति बढी लक्षित रहेको हुनसक्ने विश्लेषण गरेका छन् । आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले मुसलमानहरुलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने बताएका थिए ।

प्रकाशित मितिः २०७३ माघ १५

२०७३ माघ १५ गते १६:२३ मा प्रकाशित

You can share this post!

बिधार्थी नेताहरु हुनेभो स्ववियु निर्वाचनःकार्यतालिका यस्तो छ !

औषधिको चुनावी चहलपहल !

Related posts