back
NMB ad

नेत्रहिन विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित !

Kumari bank ad

काठमाडौ । नेत्रहिन विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ४४ रनको लक्ष्य अष्ट्रेलियाले १२ ओभर ४ बलमा पूरा गरेको हो ।

एक ओभरमा ११ दशमलव ४५ रनको औषतमा रन बनाएको अष्ट्रेलियासामु नेपाली बलर कमजोर देखिए । भारतको दिल्लीमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

नेपालका सुनिल क्षेत्रीले ३४, किर्तन श्रेष्ठ दुवालले २९, रमेशबहादुर बानियाँले १८ र सुनिल थापाले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले ३८ रन अतिरिक्त पाएको थियो ।
अष्ट्रेलिया बलियो टिम भए पनि नेपालले कडा टक्कर दिने नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले बताएका थिए । तर उनले भनेजस्तो खेल प्रदर्शन हुन भने सकेन । अष्ट्रेलियाका लागि स्टेफन लियो पालमरले ३९ बलमा ४८ तथा म्याथ्यु जेम्स क्यामरुनले ४३ बलमा ६८ रन बनाए ।

यसअघि सन् २०१२ मा भएको खेलमा नेपाल अष्ट्रेलियासँग ७ विकेटले हारेको थियो ।

प्रकाशित मितिः २०७३ माघ १९

वि.सं.२०७३ माघ १८ मंगलवार १६:०३ मा प्रकाशित

You can share this post!

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:१५

तनहुँ, ४ वैशाखः सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ...

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:०६

शिकागो (अमेरिका), ४ वैशाख : प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी...

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:५७

काठमाडौं ।  व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया...

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...