back
NMB ad

अब पाँच प्रतिशत ब्याजमै सजिलैसँग चाहे जति कर्जा पाइने

Kumari bank ad

काठमाण्डौं। सरकारले ल्याएको ‘युवालाई कृषि कर्जा’ स्किम अन्तर्गत राष्ट्र बैंकले कृषि कर्जाको सीमा बढाउँदै ब्याज घटाउन लागेपछि ५ प्रतिशत ब्याजमै सजिलैसाग आफूले चाहेजति कर्जा पाइने भएकोछ ।

यसअघि ६ प्रतिशत ब्याजमा एक करोड रुपैयाँसम्म कृषि ऋण पाइन्थ्यो । राष्ट्र बैंकले अर्थ मन्त्रालयसँग स्वीकृति लिएर यसको ब्याज घटाउँदै सीमा बढाइदिएको हो। सरकारले यो स्किममा पाँच प्रतिशत ब्याज अनुदान दिने छ। यसको कुल ब्याजदर १० प्रतिशत हो। पाँच प्रतिशतमा बैंकले सर्वसाधारणलाई ऋण दिने छन्। बाँकी पाँच प्रतिशत ब्याज सरकारले नै तिरिदिन्छ।

‘युवाहरुलाई व्यवसायिक कृषि कर्जामा प्रदान गरिने व्याज अनुदान सम्बन्धी कार्यविधि, २०७१’ अनुसार युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित र प्रोत्साहन गर्न कर्जा दिने व्यवस्था छ। यो व्यवस्था अनुसार मंसिरसम्म तीन हजार ९९६ किसानले पैसा लगेका छन्। यसका लागि चार अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। यो कार्यक्रममा अनुदानका रुपमा सरकारको ९ करोड ७५ लाख रुपैयाँ खर्च भइसकेको छ।

व्याज अनुदान सहितको कर्जाको लिनका लागि महानगरपालिका र उप–महानगरपालिका कार्यक्षेत्र बाहिरका २१ देखि ४५ वर्ष उमेर समुहका कृषि व्यवसायीहरुले कुनै पनि वाणिज्य बैंकको शाखामा निवेदन दिनुपर्ने हुन्छ। वाणिज्य बैंकका शाखाले प्राप्त निवेदन उपर कर्जा विश्लेषण तथा सम्भाव्यता अध्ययन गरी निवेदन तथा अन्य आवश्यक विवरणका साथै कर्जाको सदुपयोग हुने र सावाँ व्याज रकमको किस्ता नियमित रुपमा बुझाउन सक्ने भन्ने लगायतका सम्बन्धमा यकीन गरी बैंकलाई मान्य हुने सुरक्षण तथा शर्तका आधारमा कर्जा प्रवाह गर्ने ब्यवस्था छ। कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षको मात्रै छ।

२० माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २० बिहीवार १२:३४ मा प्रकाशित

You can share this post!

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...