काठमाण्डौं । सानिमा हाइड्रोपावर कम्पनीले चालु आवको दोस्रो त्रैमाशमा भने २५ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीले यसपटक २५ करोड ६० लाख कमाएकोमा बिदेशी मुद्राको विनिमय दरमा आएको उतारचढावको कारण यसबाट १६ लाख रुपैयाँ नोक्सान व्यहोर्न परेको छ । कम्पनीको विद्युत् बिक्रीबाट भएको आम्दानी ३ गुणाले बढेर ५० करोड ६३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको व्याज र अन्य आम्दानीमा शत प्रतिशत वृद्धि भएर १० लाख पुगेको छ ।
कम्पनीको २२ मेगावाटको माइ खोला र ७ मेगावाटको माइ खोला क्यास्केडबाट उत्पादिन विद्युत् बिक्रीबाट भएको आम्दानी पनि जोडिएको छ । कम्पनीले सरकारको उज्यालो नेपाल सम्वृद्ध नेपाल कार्यक्रमबाट पाउँनुपर्ने प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान र थप १० प्रतिशत पाउँने रकम प्राप्त गर्न बाँकी रहेको जनाएको छ ।
२० माघ २०७३, २।००
वि.सं.२०७३ माघ २० बिहीवार १५:०५ मा प्रकाशित