back
NMB ad

लाङटाङमा पर्यटक बसोबासमा सहज

Kumari bank ad

रसुवा। भूकम्पपछिको पुनर्निर्माण कार्यले हिमाली काखमा रहेको लाङटाङ र क्याङजेन लगायतका क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकलाई खान, बस्न सहज भएको छ । लाङटाङ पुनर्निर्माण एवम् व्यवस्थापन समितिका अध्यक्ष तेम्वा लामाका अनुसार स्याफ्रुबेसीदेखि पम्पु, लामा होटल, घोडा तबेला, थाङसाप लाङटाङ, मुन्डू र क्याङजेन समेतका क्षेत्रको पर्यटकीय पदमार्गमा पुनर्निर्माणअन्तर्गत नयाँ मोडलका भूकम्प प्रतिरोधी आवास निर्माणले पर्यटकलाई खान, बस्न सहजता आइसकेको छ ।

विसं २०७२ को भूकम्पले लाङटाङ भित्रको लाङटाङ तहसनहस बनाएपछि तत्कालीन समयमा मानवविहीन हुन पुगेको लाङटाङ क्षेत्र अहिले सबै गाउँवासी आफ्नो थातथलोमा स्थापित भई दाताको सहयोगमा आवास पुनर्निर्माण भएपछि गुणस्तरीय बास र भोजनको व्यवस्था भई पर्यटकको आगमन सुरु भइसकेको छ । लाङटाङमा दुईसय र क्याङजेनमा तीनसय ५० जना पर्यटकले सहजरुपमा एकसाथ बास बस्ने वातावरणको सृजना भइसकेको अध्यक्ष लामाले बताए ।

समुद्री सतहबाट चार हजार मिटरको उचाइमा रहेको पर्यटक बास बस्ने मानवको अन्तिम बस्ती क्याङजेन रहेको र बस्तीको आवास निर्माणपछि सो क्षेत्रमा पर्यटकको थप सुविधाका लागि एकसय किलोवाट क्षमताको विद्युत् उत्पादनको प्रक्रिया सुरु भई सिम्रिक एअरको हेलिकप्टरबाट सामान ढुवानी भइसकेको बताइएको छ ।

प्रकाशित मितिः २०७३ माघ २१

वि.सं.२०७३ माघ २१ शुक्रवार १८:०५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...