काठमाडौ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीनवर्षीय स्नातकोत्तर तह प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
परीक्षाफलwww.educationsansar.com,www.edusanjal.com,www.tu.ntc.net.npर www.educationkhabar.com मा पनि हेर्न सकिनेछ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार पनि परीक्षाफल थाहा पाउन सकिनेछ । साथै ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः २०७३ माघ २१
वि.सं.२०७३ माघ २१ शुक्रवार १९:०० मा प्रकाशित