back
NMB ad

अष्ट्रेलियाली महिलाहरुद्वारा २०१७ लाई नेपाल प्रर्बद्धन बर्ष घोषणा

Kumari bank ad

अष्ट्रेलियाली महिलाहरुको संस्था ‘कन्ट्री विमेन एसोसिएसन अफ एनएसडब्ल्यु अष्ट्रेलिया’ले सन् २०१७ लाई नेपाल पर्यटन प्रर्बद्धन बर्ष घोषणा गर्दै नेपाल चिनाउने अभियान थालेका छन् ।
अष्ट्रेलियाभर झण्डै चार हजार सदस्य रहेको यो संस्थाले हरेक बर्ष एउटा देशको प्रर्बद्धन कार्यक्रम गर्दै आएको छ । जसअनुसार सन् २०१७ लाई नेपाल प्रर्बद्धन बर्षको रुपमा मनाउन लागिएको संस्थाकी अध्यक्ष जोय ग्रेङगरले बताईन् ।

भूकम्पपछि थलिएको नेपालको पर्यटन उद्योगलाई सहयोग गर्न र अष्ट्रेलियाली नागरिकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न संस्थाले यस्तो अभियान थालेको उनले बताइन । सो अभियान अन्र्तगत शनिवार क्यानबेराको प्याभिलियन होटलमा पहिलो कार्यक्रम आयोजना गरियो । संस्थाका झण्डै दुई सय सदस्यको उपस्थीति रहेको यो कार्यक्रममा नेपालका पर्यटकीय गन्तब्य, संस्कृति र सम्पदाबारे जानकारी दिइयो ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदूत राजेन्द्रप्रसाद पाण्डेले भूकम्पपछि पुनःनिर्माणमा भएको प्रगति र दाताहरुको सहयोगका बिषयमा प्रस्तुती दिएका थिए ।

संस्थाकी अध्यक्ष जोय ग्रेङगरले २ सय जनाको ३० ग्रुप बनाइ नेपाल प्रर्बद्धनसम्बन्धी बिभिन्न परियोजना तयार पार्न लगाइने र मे महिनामा उत्कृष्टलाई पुरस्कृत गरिने जानकारी दिइन । कार्यक्रममा नेपाली राजदूतावासले नेपालका पर्यटकीय गन्तब्य तथा सम्पदाबारे तयार पारेको सामाग्री संस्थालाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मितिः २०७३ माघ २२

वि.सं.२०७३ माघ २२ शनिवार १५:१९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...