back
NMB ad

अर्काकी श्रीमती चोर्न वर्षेनी मेला लाग्ने यो ठाउँको बारेमा जानीराख्नोस् !

Kumari bank ad

एजेन्सी–दुनियाँका केही वैवाहिक संस्कारहरु निकै अनौठा तथा झ्वाट्ट सुन्दैमा नपच्ने खालका लाग्छन् । पश्चिमी अफ्रिकाको एक आदिवासी समुदायमा प्रचलित विवाह संस्कार पनि निकै हैरान गराउन खालको छ ।

बोदाब्बे आदिवासी समुदायमा प्रचलित उक्त संस्कार अन्तरगत पुरुषहरु एक अर्काका श्रीमतीहरु चोरेर बिहे गर्दछन् । यस्तो चोरी बिहे उक्त आदिवासी समुदायमा एक पहिचान नै बनिसकेको छ ।

यो संस्कार अनुसार उक्त समुदायमा पुरुषहरुको पहिलो विवाह घरपरिवारको राजीखुसीले नै हुन्छ । तर दोश्रो बिहे गर्नका लागि पुरुषहरुले कुनै अरु पुरुषकी श्रीमतीलाई भगाउनु पर्दछ ।

यसरी अर्काकी श्रीमती चोर्नका लागि हरेक वर्ष त्यहाँ एक महोत्सव नै हुन्छ, जसलाई गेरेबोल भनिन्छ । उक्त महोत्सवका क्रममा पुरुषहरु अनुहारमा रंग लगाएर आउँछन् र विवाहित महिलाहरुलाई फकाउने कोसिस गर्दछन् ।

यसो गरिरहेको समयमा पुरुषहरु यो कुरा पक्का गर्न चाहन्छन् की अर्काकी श्रीमतीलाई फकाइरहेको बेलामा ती महिलाको लोग्नेले देख्न नपाओस् वा त्यसको सुइँको पनि नपाओस् । विवाहित महिला फकाउने पुरुषसँग पोइल जान राजी भएपछि उक्त पुरुष ती महिलालाई लिएर त्यहाँबाट भाग्दछ । पछि समुदायले नै खुसीयालीसाथ ती दुईजनाको बिहे गराइदिन्छ । त्यसरी हुने चोरी बिहेलाई प्रेम विवाहको रुपमा स्विकारिन्छ ।

प्रकाशित मितिः २०७३ माघ २२

वि.सं.२०७३ माघ २२ शनिवार १५:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...