back
NMB ad

नेप्सेमा ७३ अङ्कको वृद्धि !

Kumari bank ad

काठमाडौ । केही सातादेखि निरन्तर ओरालो लागेको नेप्सेमा यो साता ७३ अङ्कले बढेको देखिएको छ ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७२ दशमलव ७५ अङ्कले बढेर अन्तिम दिन एक हजार ३८२ दशमलव ४५ अङ्कमा पुगेको छ ।

यससाता स्टक एक्सचेन्जमा १५६ कम्पनीको कारोबार भएको छ । जस अनुसार २० हजार ६६० कारोबारबाट रु दुई अर्ब २१ करोड ५३ लाख ७० हजार बराबरका ५९ लाख पाँच हजार पाँच सय ८० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा शुन्य दशमलव ६४ प्रतिशत कम हो ।

गत साता १५५ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १९ हजार ३६० कारोबारबाट रु दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार बराबरका ६६ लाख ६७ हजार एक सय ३० कित्ता सेयर खरिदबिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १६ दशमलव २८ अङ्कले बढेर ३०० दशमलव ३५ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकम (रु १४ करोड ५५ लाख ९० हजार)को आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या (आठ लाख ३१ हजार कित्ता) को आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार सङ्ख्या (एक हजार ३१४) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड ११ लाख, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ लाख ५० हजार, सिन्धु विकास बैैंक लिमिटेडको १२ लाख र प्राइम कमर्सीयल बैंक लिमिटेडको एक करोड २३ लाख ५० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् ।

त्यसैगरी तिनाउ विकास बैंक लिमिटेड र सिन्धु विकास बैैंक लिमिटेडको क्रमशः ६ लाख ८२ हजार र दुई लाख तीन हजार बोनस सेयर सूचीकृत भएको नेप्सेले उल्लेख गरको छ ।

प्रकाशित मितिः २०७३ माघ २२

वि.सं.२०७३ माघ २२ शनिवार १६:४६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...