back
NMB ad

खाद्यान्न अभावसँगै चरम भोकमरी निम्तँदै !

Kumari bank ad

संयुक्त राष्ट्रसङ्घको मानवीय सहयोग मामिला हेर्ने सङ्गठन (ओसिएचए)ले दक्षिण सुडानका द्वन्द्वग्रस्त समुदायमा खाद्यान्न अभाव हुने खतरा रहेको बताएको छ । ओसिएचएको खाद्यान्न सुरक्षा तथा जीवनयापन मामिला विज्ञले दक्षिण सुडानी नागरिकले सन् २०१७ को फेबु्रअरीदेखि जुलाईसम्म गम्भीरखालको खाद्यान्न समस्या भोग्ने अवस्था आएको बताएका सङ्गठनको पछिल्लो प्रतिवेदनमा जनाइएको छ ।

दक्षिण सुडानमा सो समय स्थानीय बाली भित्र्याउने समय भए पनि कुपोषणको अवस्था असाध्यै तीव्र रहेको ओसिएचएले सन् २०१६ को सेप्टेम्बरदेखि नोभेम्बरसम्म गरेको सर्भेक्षणले जनाएको हो ।
सर्भेक्षणले दक्षिण सुडानमा खाद्यान्न सङ्कट उच्च बन्नुमा मुद्राको अवमूल्यन, मुख्य सडकमा रहेको असुरक्षा, औसतभन्दा कम उत्पादन, स्थानीय बजारमा खाद्यान्न भण्डारणको कमी देखाएको छ ।

मुद्राको अवमूल्यन र खाद्यान्न भण्डारणलगायतमा कमी हुँदा यहाँ खाद्यान्नको मूल्य वृद्धिमा अहिलेसम्मकै उच्च देखिएको अध्ययन प्रतिवेदनमा देखाइएको छ । खासगरी जुवा, वाउ र अवैलीजस्ता सहरी क्षेत्रमा पनि बसोबास गर्ने करिब चार लाख मानिसको उच्च खाद्य सङ्कटको पीडा भोग्न बाध्य रहेका राष्ट्रसङ्घले जनाएको छ ।

प्रकाशित मितिः २०७३ माघ २३

वि.सं.२०७३ माघ २३ आइतवार १३:५१ मा प्रकाशित

You can share this post!

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...