काठमाण्डौं । दिव्यश्वरी हाइड्रोले आयोजना प्रभावित तथा सर्वसाधारणका लागि निष्काशन गरेको सेयरसँगै संस्थापक सेयर पनि कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत गराएको छ । कम्पनीले संस्थापकको १९ लाख ८० हजार कित्ता सहित जम्मा २६ लाख ४० हजार कित्ता सेयर सुचिकृत गराएको छ ।
यो सेयर अर्को हप्तादेखि किनबेच हुने कम्पनीले जनाएकोछ । आयोजना प्रभावितका लागि दुई लाख ६४ हजार कित्ता सेयर पहिलो चरणमा निष्काशन गरी सर्वसाधारणलाई अर्को चरणमा तीन लाख ९६ हजार कित्ता सेयर निष्काशन गरेको कम्पनीले संस्थापकको १९ लाख ८० हजार कित्ता सहित जम्मा २६ लाख ४० हजार कित्ता सेयर सुचिकृत गराएको हो ।
२४ माघ २०७३, ११।००
वि.सं.२०७३ माघ २४ सोमवार ११:४९ मा प्रकाशित