back
NMB ad

अनिवार्यरुपमा सबै मन्त्रालयले स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्ने

Kumari bank ad

काठमाडौ । सरकारले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सार्वजनिक निकायबाटै यसको उपयोग अनिवार्य गरेको छ । सुरुमा मन्त्रालय र मातहतका सार्वजनिक निकायबाट स्वदेशी वस्तुको उपयोग गर्दै सवै कार्यालयसम्म पुग्ने लक्ष्य सरकारको छ ।

‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका २०७१’ ले तुलनात्मक रूपमा महँगो भएपनि स्वदेशी वस्तुकै उपयोग गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । निर्देशिका कार्यान्वयन हुन नसक्दा लघु, घरेलु तथा साना उद्योगहरूको सम्भावना भएर पनि छायाँमा परेका छन् ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले अहिले मुलुकमा औद्योगिकीकरणको समय भएकोले नेपाली उत्पादनको उपयोग गरेर सघाउन सबै मन्त्राललाई निर्देशन दिएका छन् । सोमबार आयोजित सबै मन्त्रालका सहसचिवहरूसँगको छलफलमा मन्त्री जोशीले लगानीको सुरक्षा र व्यवसाय गरेर फाइदा लिन सकिन्छ भन्ने उदाहरण दिन स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने बताए ।

“बढ्दो व्यापार घाटालाई नियन्त्रण गरी स्वावलम्बी बन्नका लागि स्वदेशी वस्तुको उपयोग बढाउनुपर्छ,” मन्त्री जोशीले भने । एक महिनाभित्र निर्देशिका कार्यान्वयन गरी आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सहयोग गर्न मन्त्री जोशीले निर्देशन दिए ।

निर्देशिकाले आए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा स्वदेशी सामग्रीको प्रयोग हुन नसकेको उनको अनुभव छ ।  मन्त्री, सचिव र सहसचिवको कार्यकक्षमा प्रयोग हुने सामानमध्ये नेपाली उत्पादन प्रयोग बढाउन जोशीले निर्देशन दिएका छन् ।

लघु, साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरूको गुणस्तरियता र उत्कृष्ठ प्रस्तुतिका लागि उद्योग मन्त्रालयले निजी क्षेत्रको सहयोगमा ‘मेड ईन नेपाल’ नामक सौगातगृह छिट्टै संचालनमा ल्याउने तयारी गरेकोे छ ।

कारोबार दैनिकबाट साभार

प्रकाशित मितिः २०७३ माघ २५

वि.सं.२०७३ माघ २५ मंगलवार ०८:०१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...