back
NMB ad

कोरियाली भाषा परीक्षा आगामि जेठमा

Kumari bank ad

काठमाडौ । नेपाली युवाको आकर्षक रोजगार गन्तव्य कोरियाले रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि चैतमा कोरियन भाषा परीक्षाको आवेदन खुला गर्ने भएको छ । जेठको अन्तिम साता परीक्षा सञ्चालन गर्ने योजनाअनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको भाषा परीक्षाको आवेदन चैत अन्तिम सातामा आह्वान गर्ने तयारी रहेको ईपीएस शाखाले जनाएको छ । परीक्षाका लागि आवेदन दिन अनलाइन प्रणालीको व्यवस्था गरिएको शाखाले जनाएको छ । संकलन केन्द्रमा लामो लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न अनलाइन प्रणालीको व्यवस्था गरिएको बताइएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले चैतमा परीक्षा आवेदन र जेठमा परीक्षा सञ्चालन गर्न कोरियाको मानव संसाधन बोर्ड (एचआरडी) लाई प्रस्ताव पठाएको छ ।

कोरिया सरकारले ईपीएसअन्तर्गत कामदार माग गरिरहेका १६ देशमा पनि यही समयमा परीक्षाको आवेदन र परीक्षा सञ्चालन गर्ने गरेको छ । यसअघि कोरियन भाषा परीक्षाको आवेदन पेस गर्न २४ घण्टाभन्दा बढी लाइन बस्नुपर्ने बाध्यता थियो ।

कोरियामा १६ देशका कामदारमध्ये नेपाली कामदारको कार्यक्षमता उच्च रहेका कारण मागसमेत बढ्दै गएको शाखाले जनाएको छ ।

प्रकाशित मितिः २०७३ माघ २५

वि.सं.२०७३ माघ २५ मंगलवार ०८:२९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...