back
NMB ad

हिमनदीको पानी सदुपयोग गरी आठ करोडमा हाइड्रोपावर बनाइँदै

Kumari bank ad

रसुवा । कादूरी नामक गैससको आर्थिक एवम् प्राविधिक सहयोगमा हिमनदीको पानीलाई सदुपयोग गर्दै क्याङजेन नजिक एक सय किलोवाट क्षमताको विद्युत् आयोजना निर्माण हुने भएको छ ।

भूकम्पले प्रभावित तुल्याएको लाङटाङ क्षेत्रमा अहिले आवास तथा होटल पुनःनिर्माण एवम् सुदृढीकरण गर्ने कार्य प्रायः सम्पन्न भइसकेको छ । पर्यटक आउने वातावरण सिर्जना भइसकेको र अब निर्माण हुने विद्युत् आयोजनाले सबै क्षेत्रमा सहज हुने विद्युत् निर्माण उपभोक्ता समितिका अध्यक्ष सुब्बा तामाङले बताए ।

आफ्नो संस्थाको रु आठ करोड लगानीमा निर्माण गरिने विद्युत् आयोजनाबाट लाङटाङको क्याङजेन क्षेत्रमा अवस्थित १०० घरलाई विद्युत् सेवा दिइने कादूरीका प्राविधिक परियोजना प्रबन्धक बालचन रानाले बताए । आयोजना आगामी सेप्टेम्बर (भदौ–असोज)सम्म पूरा हुने बताइएको छ । भूकम्पपछि लाङटाङ गाउँ पहिराले पुरेपछि विद्युत्विहीन भएको थियो ।

२५ माघ २०७३, रासस, १।००

वि.सं.२०७३ माघ २५ मंगलवार १४:१८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...