सेयर बजारमा आज, करिब २२ अंकको गिरावट, साढे ३४ करोडको कारोबार

काठमाण्डौं । सेयर बजार लगातार आज चौथो दिन बुधबार पनि झरेको छ। बजारमा २१.६२ अंकको गिरावटसँगै सुचक १३२२.९८ अंकमा आएको छ । दिनभरीमा १३७ कम्पनीको ३४ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज सबै उपसुचकहरु रातो भएका छन् । बिमा १७९ अंकले झरेको छ भने वाणिज्य बैंक समूह साढे १८ अंक तल ओर्लिएको छ। होटल ४४.३९, विकास बैंक २०.६४, जलविद्युत २०.७२, फाइनान्स ७.७७ र अन्य ९.२६ अंकले झरेको छ।

दिनभरीमा सबैभन्दा बढी कारोबार प्रभु बैकको दुई करोड ५० लाख रुपैयाँको भएको छ। यसपछि एभरेष्ट बैंकको दुई करोड रुपैयाँको भएको छ। बजार घट्दासमेत कुल १३ कम्पनीको सेयर मूल्य बढ्न पुगेकोछ ।

२६ माघ २०७३, ३।३०

२०७३ माघ २६ गते १५:२७ मा प्रकाशित

You can share this post!

हाइड्रोको कमाई, ६ महिनामै करिब ५६ करोड नाफा

१ बराबर १ अनुपातमा हकप्रदको यो मौका नगुमाउनुहोला !

Related posts