४९ लाख २८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत,हेर्नुहोस् कुन–कुनका परे ?

काठमाडौ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा चार वटा कम्पनीको बोनस सेयर ४९ लाख २८ हजार छ सय ६८ दशमलव सात कित्ता बोनस सेयर सूचिकरण गरिएको छ । तीन वटा विकास बैंक र एउटा बीमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिएको बोनस सेयर नेप्सेमा कारोबारका लागि सूचिकृत भएको हो ।

बुधबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० लाख ५७ हजार तीन सय ७७ दशमलव सात कित्ता, कन्काई विकास बैंक लिमिटेडको दुई लाख ५० हजार कित्ता,गण्डकी विकास बैंक लिमिटेडको १० लाख ५३ हजार नौ सय ६२ कित्ता र सहयोगी विकास बैंक लिमिटेडको पाँच लाख ६७ हजार तीन सय २९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित मितिः २०७३ माघ २६

२०७३ माघ २६ गते १६:०९ मा प्रकाशित

You can share this post!

१ बराबर १ अनुपातमा हकप्रदको यो मौका नगुमाउनुहोला !

किसानका घर घरमा पोखरी निर्माण गरिने !

Related posts