back
NMB ad

काठमाडौमा मोनो रेल सञ्चालन गर्नेबारे सम्झौता !

Kumari bank ad

काठमाडौ। दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनी र काठमाडौँ महानगरपालिकाबीच मोनो रेलको सम्भाव्यता अध्ययन सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ ।
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको हस्ताक्षर कार्यक्रममा महानगरका तर्फबाट प्रवक्ता ज्ञानेन्द्र कार्की र वाइबिडी सिमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले हस्ताक्षर गरेका हुन् ।

महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँमा मेट्रो रेलको भन्दा मोनो रेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत सम्भाव्यता अध्ययन गर्न लागिएको बताए । कम्पनीले तीन महिनाभित्रै काठमाडौँको कुनै १० किमीको रुटमा मोनो रेल चलाउने विषयमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने वाइबिडी साइमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले जानकारी गराए ।

अध्यक्ष पाण्डेले रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुने पनि जानकारी गराउँदै ट्रली बसको जत्रै खम्बा राख्दा हुने भएकाले यसले सडकमा पनि कुनै असर नगर्ने बताए । आकासमा गुड्ने भएकाले यसले सडकको ट्राफिक व्यवस्थापनमा कुनै किसिमको असर पनि गर्ने छैन् ।

प्रकाशित मितिः २०७३ माघ २६

वि.सं.२०७३ माघ २६ बुधवार १८:०९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...