back
NMB ad

भैरहवामा राष्ट्रिय पर्यटन प्रबद्र्धन, कृषि तथा औद्योगिक व्यापार मेला

Kumari bank ad

भैरहवा । मंगलबारदेखी भैरहवामा सञ्चालित राष्ट्रिय पर्यटन प्रबद्र्धन, कृषि तथा औद्योगिक व्यापार मेला–२०७३ को यस क्षेत्रकै सांसद तथा आपूर्ति मन्त्री दीपक बोहोराले उद्घाटन गरेका छन् ।
मेलाको उद्घाटन गर्दै मन्त्री बोहोराले भैरहवामा स्थायी मण्डप खोजी गरी निर्माण कार्यमा पहल गर्ने बताएका छन् । उनले स्थायी मण्डप नहुँदा भैरहवामा प्रदर्शनी तथा विभिन्न सभा समारोह गर्न कठिनाई भएको बताए ।
मन्त्री बोहोराले आफूले यस क्षेत्रका विभिन्न औद्योगिक तथा व्यापारिक संघ संस्थासँग छलफल गरिरहेको बताउँदै सबैको सल्लाह र सहकार्यमा उचित स्थानको खोजी गरी छिट्टै स्थायी प्रदर्शनीस्थल निर्माण हुनेमा विश्वास व्यक्त गरे ।
उनले स्थायी मण्डप नहुँदा विगत दुई वर्ष देखि भैरहवामा मेला–महोत्सव हुन नसकेकोप्रति दुःख व्यक्त गर्दै सान र कारले छोटो समयमै यहाँका जनताको भावनालाई कदर गरेको भन्दै धन्यवाद दिए । उनले अब सस्थायी मण्डप खोजी गरी निर्माणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । विगतमा महोत्सव हुँदै आएको सिद्धार्थ रंगशालामा अहिले अन्तर्राष्ट्रिस्तरको क्रिकेट मैदान निर्माण हुँदैछ । उनले भने– ‘भैरहवा देशकै आर्थिक एवं पर्यटकीय मेरुदण्ड हो, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारा हो, त्यसैले हामीले बुद्ध र त्यससँग जोडिएका क्षेत्रहरुको प्रसार–प्रसार गरी यो क्षेत्रलाई देशकै आर्थिक तथा पर्यटकीय हब बनाउन पर्छ ।’
नेपाली कांग्रेसका नेता तथा सांसद मनमोहन भट्टाराईले सबै दल मिलेर उद्योग व्यवसाय र मेला महोत्सवलाई सफल पार्नुपर्ने जनाउदैं बुद्धभूमि लुम्बिनीको प्रवेशद्वार भैरहवामा सञ्चालित मेलाले सबैलाई एकतामा बाध्न पनि भूमिका खेल्ने जनाए ।
पर्यटन बिद तथा नेपालका लागी ग्रिसका अवैतनिक महाबाणिज्यदुत एबं लुम्बिनीका सद्भावना दुत बिक्रम काजी पाँडेले लुम्बिनीको प्रबेशद्वार रहेको भैरहवा संभावना युक्त क्षेत्र रहेकोले यहाँ पर्यटन लगायतका अन्य गतिबिधी निरन्तर गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउनु पर्नेमा जोड दिए । उनले यहाँको हरेक गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायले हेरिरहने हुँदा सम्भानासँगै चुनौती पनि बढेको जिल्ला रहेको बताए ।
सिद्धार्थ होटल एशोसिएसन नेपाल (सान) का अध्यक्ष तथा मेला मूल आयोजक समिति संयोजक चन्द्र प्रकाश श्रेष्ठले रुपन्देही त्यसमा पनि अझ विशेष गरी भैरहवा क्षेत्र आर्थिक तथा पर्यटकी क्षेत्र भएकाले यहाँको पर्यटन तथा आर्थिक क्षेत्रलाई निरन्तर चलायमान राख्नका लागि आफूहरुले क्रिकेट संघसँग मिलेर छोटो समयको अन्तरालमा पनि मेला आयोजना गरेको बताए । उनले विगतमा भूकम्प, भारतीय अघोषित नाकाबन्दी, तराई मधेश आन्दोलन तथा विभिन्न राष्ट्रहरुले नेपाल घुम्न असुरक्षित छ भनेर प्रचार–प्रसार गरेका कारण लामो समय पर्यटकीय क्षेत्र धरासायी बन्दै गएकाले त्यसलाई चलायमान गराउन मेला नहुने अनिश्चित भएपछि आफूहरुले महोत्सव आयोजना गरेको बताए ।
होटल संघ नेपाल (हान) का केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले सरकारले लुम्बिनीलाई पर्यटकीय क्षेत्र भनेर मात्रै नहुने भन्दै त्यहाँ बनाइका गुम्बा बिहारहरुमा विदेशीहरुलाई बस्ने व्यवस्था गरिएका कारण पर्यटन क्षेत्र धरासायी हुनलागेकोमा चिन्ता व्यक्त गरे । उनले भने– लुम्बिनी विकास कोषको मापदण्डमा समेत नभएको कुरालाई विभिन्न देशहरुले निर्माण गरेको गुम्बा बिहारहरुमा ती देशका पर्यटकहरुलाई लगेर राख्दा देशको आर्थिक तथा पर्यटकीय क्षेत्र धरासायी भएको हो, यसलाई तुरुन्त रोक्नु पर्छ ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा, महिदा व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष तथा उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष खिमबहादुर खत्री, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना लगायतले बोल्दै आर्थिक तथा पयटकीय गतिविधि बढ्दै गइरहेको भैरहवामा स्थायी मण्डप नहुनु दुभार्गग्य भएको बताए । उनीहरुले सबै क्षेत्रका संघसंस्था मिली स्थायी प्रदर्शनी स्थल खोजी गरी निर्माण गर्नु पर्नेमा जोड दिएका थिए ।
‘आन्तरिक पर्यटन प्रबद्र्धन गराँै, घुमफिर वर्ष २०१७ सफल पारौ’ भन्ने नारासहित सान र कारले पहिलो पटक आयोजना गरेको मेलामा कृषि, घरेलु तथा औद्योगिक उत्पादन, अटोमोबाइल्स, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आकर्षक मायादेवी मन्दिरको पेभेलियनमा फोटो प्रदर्शनी, डन्डा खोलामा बोटिङको व्यवस्था गरिएको छ । त्यस्तै हस्तकला, तयारी पोशाक, खाद्यान्न, अटोमोबाईल्स, बैंक तथा बित्तीय संस्था, सूचना प्रविधि रेष्टुरेन्ट, ऊँट नाच, अष्ट्रिच, बिद्युतीय सामग्री, छाला जुत्ता लगायतका स्टलहरु गरी बिभिन्न क्षेत्रका २ सय ४२ स्टल रहेको मेला आयोजक समितिका सहसंयोजक प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
मेला उद्घाटन पूर्व भैरहवाको देवकोटा चोकबाट ¥यालीसहितको टोली मेलास्थलमा पुगेको थियो । र्यालीमा आयोजक संस्थाका पदाधिकारी तथा सदस्यहरु, विभिन्न संघसंस्थाका संयोजक तथा प्रतिनिधिहरु, स्कूल तथा कलेजका विद्यार्थीहरु, शिक्षक–शिक्षिका तथा भैरहवाका औद्योगिक प्रतिष्ठानका संचालक, स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका टोली सहभागी थिए ।
मंगलबारदेखि सुरु भएको मेला फागुन ७ गतेसम्म चल्नेछ । मेलामा ऊँटको नांच, अष्ट्रिज, डांफे लगायतका जनावर प्रदर्शनी तथा पुरूष, महिला कुस्ती खेल, राष्ट्रिय कलाकारहरूको आधुनिक, पप, लोकगीत र हांस्य कलाकारहरूको प्रस्तुती रहने आयोजकको भनाई छ । मेलामा स्थानीय विद्यालयका नवप्रतिभाहरूलाई बाहिर ल्याउनका लागि डान्स आइडलको समेत आयोजना गरिएको छ ।
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उतm मेला अवधिभर फ्रि वाईफाई, मेलामा आउने दर्शक र स्टलहरूको लागि विमा तथा मेला अवधिभर सुरक्षालाई विशेष ख्याल गरी सिसी टिभीबाट मेलालाई कैद समेत गरिएको आयोजकको भनाई छ । मेलाबाट भएको आम्दानीको केही रकम सिद्धार्थ रंगशालाको एतरोन्नती तथा रुपन्देही क्रिकेट संघको कोषमा राखिने आयोजकले जनाएका छन् । मेला ५० हजार दर्शकले अवलोकन गर्ने तथा पौने करोडको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।
माघ २६

वि.सं.२०७३ माघ २६ बुधवार २३:०६ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...