मस्र्याङ्दीको बिद्युत् उत्पादन क्षमता किन घट्यो र अब कहिले बढ्छ ?

तनहुँ। तनहुँको आँबुखैरेनी नगरपालिका–६ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् परियोजनाबाट ३६ मेगावाट मात्रै विद्युत् विद्युत् उत्पादन भएको छ । नदीमा पानीको बहाव कम हुँदै गएपछि सो विद्युत् गृहबाट ३६ मेगावाट मात्र विद्युत् उत्पादन भएको हो ।

विद्युत् गृहका प्रमुख रामकुमार यादवले अहिले ३६ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको बताए । नदीमा पानीको मात्रा घटेपछि उत्पादनमा कमी आएको हो “चैत मसान्तदेखि वैशाख महिनाभर भने चर्को घामले हिउँ पग्लेर नदीमा पानीको बहाव बढ्ने र क्षमताअनुसारकै विद्युत् उत्पादन हुन्छ” – उनले भने ।

यस वर्ष विद्युत् गृहमा रहेको युनिट नं २ मर्मत गरिएको केन्द्रले जनाएको छ ।

प्रकाशित मितिः २०७३ माघ २७

२०७३ माघ २७ गते १३:४६ मा प्रकाशित

You can share this post!

अब घरजग्गा, गाडी र सेयरमा कुनै पनि वाणिज्य बैंकले ऋण नदिने, आजैबाट लागु

राष्ट्र बैंकद्धारा बैंकहरुमाथि कारबाहिको तयारी,कारण यस्तो छ ?

Related posts