back
NMB ad

जलविद्युतमा सम्झौता भइसकेको ऋण दिन बैंकको आनाकानी, किन ?

Kumari bank ad

काठमाडौं । बैंकहरुले तरलताको कारण देखाउँदै जलविद्युत क्षेत्रका लागि सम्झौता भइसकेका ऋणहरुको समेत समयमै रकम उपलब्ध नगराउने गरेको देखिएको छ । ऋण सम्झौता भइसकेका आयोजनाहरुका लागि ऋणको किस्ताबन्दी माग्न जाँदा समयमै नपाएको उद्योग वाणिज्य महासंघको उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले जानकारी दिए ।

उनले बैंकहरुले अहिले सम्झौता भइसकेका आयोजनालाई भन्दा पनि नयाँ आयोजनालाई कर्जा लगानीका लागि प्राथमिकतामा राखेको बताए । राष्ट्र बैंकले जलविद्युत क्षेत्रमा बैंकहरुले लगानी गर्नुुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । कृषि र उर्जा क्षेत्रमा मात्रै १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै उर्जा, पर्यटन क्षेत्र र घरेलु तथा साना उद्योगमा प्रवाहित कर्जा कुल कर्जाको न्युनत्तम २० प्रतिशत पुर्याउँने व्यवस्था पनि कायम गरिएको छ । अनुत्पादक क्षेत्रमा बैंकहरुको लगानी बढ्दै गएपछि केही वर्षअघि राष्ट्र बैंकले यस खालको व्यवस्था गरेको छ । राष्ट्र बैंकले यस खालको व्यवस्था गरेको भए पनि बैंकहरु भने उत्पादनमूलक क्षेत्रमा आकषिर्त हुन सकेका छैनन् ।

जलविद्युत क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था औपचारिकतामा पूरा गर्न बैंकहरुले अहिले अर्को घुमाउरो तरिका प्रयोग गर्न थालेका छन्।

तत्काल रकम उपलब्ध गराउन नपर्ने नयाँ आयोजनामा लगानी

बैंकहरुले अहिले उर्जा क्षेत्रमा गर्नुपर्ने लगानी पुराउन नयाँ आयोजनासँग सम्झौता गरिरहेका छन् । किनकि नयाँ आयोजनासंग गरेको सम्झौताको रकम तुरुन्तै दिन पर्दैन ।

प्रधानले भने ‘राष्ट्र बैंकले नयाँ आयोजनामा सम्झौता गर्ने गरेका छन् तर सम्झौता भइसकेकाहरु माग्न जाँदा भने पाइरहेका छैनन् ।’ इपानका अध्यक्ष शैलेन्द्र गुरागाई पनि बैंकहरुले अहिले कर्जा भुक्तानमा ढिलाइ गरिरहेको बताउँछन् ।

उनले भने ‘अन्य क्षेत्र सहित जलविद्युत क्षेत्रमा पनि अहिले कर्जा लगानीमा बैंकहरुले रकम दिन ढिलाई गरिरहेका छन् ।’ अहिले बैंकहरुले नयाँ आयोजनामा भने लगानी सम्झौता गरिरहेको गुरागाई बताउँछन् ।

बैंकर्स संघका उपाध्यक्ष तथा सिभिल बैंकका सिइओ किशोर महर्जन भने बैंकहरुले सम्झौता भइसकेका आयोजनामा भने ऋण उपलब्ध गराइरहेको बताउँछन् ।

उनले बैंकहरुले सम्झौता भइसकेको आयोजनाहरुको रकम नदिएको भन्ने व्यवसायीको गुनासो सही नभएको बताउँछन् । केही समयअघि जलविद्युत क्षेत्रका लगानीकर्तालाई ऋण उपलब्ध गराउन ढिलाइ हुन सक्ने जानकारी गराएको भने महर्जन स्वीकार्छन् । महर्जनले भने ‘तरलताको कारण समयमै ऋण उपलब्ध गराउन सक्दैनौं भनेर जानकारी गराएका मात्रै हौं ऋण नै उपलब्ध नगराएको होइन, दिइरहेका छौं ।’

अहिले अनुत्पादक क्षेत्रमा बैंकहरुको लगानी भने ६५ प्रतिशतको हाराहारीमा रहेको छ । केहि बैकहरुको लगानी अनुत्पादक क्षेत्रमा ७३ प्रतिशतसम्म पुगेको देखिन्छ ।

बैंकहरु नाफामुखी बन्दै गएका कारण उनीहरुको अनुत्पादक क्षेत्रमा लगानी बढ्दै गएको छ । तर, उत्पादक क्षेत्रमा भने उनीहरुको खासै चासो देखिँदैन । जसका कारण नै राष्ट्र बैंकले अहिले बैंकहरुलाई उत्पादक क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

बैंकहरुको अनुत्पादक क्षेत्रमा लगानी बढेका कारण नै बजारमा तरलता अभाव देखिएको छ । यसरी तरलता अभाव हुँदा बैंकहरुले लगानी गर्दै आएको उत्पादनमूलक क्षेत्र झनै प्रभावित भएको छ । उत्पादनमूलक क्षेत्र मानिएका उर्जा, पर्यटन, घरेलु तथा साना उद्योग र जलबिद्युतमा बैंकहरुको लगानीमा भारी बृद्धि हुन सकेको छैन ।

उत्पादनमूलक क्षेत्रमा गरेको लगानीमा भन्दा अनुत्पादक क्षेत्रमा गरेको लगानीबाट तत्काल मुनाफा हुने देखिएपछि बैंकहरुको अनुत्पादक क्षेत्रमा लगानी बढेको हो । अनलाईनखबर डटकमबाट

प्रकाशित मितिः २०७३ माघ २९

वि.सं.२०७३ माघ २९ शनिवार ०८:४३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...