back
NMB ad

सौराहा जाने पर्यटकलाई ३० प्रतिशतसम्म छुट

Kumari bank ad

चितवन। सौराहाका पर्यटन व्यवसायीले प्रणय दिवसका अवसरमा सौराहा खाना महोत्सवमा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् उनीहरुले खान बस्नमा १५ प्रतिशत र साना पर्यटन व्यवसायी समूहमार्फत उपहार सामग्रीहरु खरिदमा ३० प्रतिशत छुटको घोषणा गरेका हुन् ।

मुख्यगरी हामीले खाना महोत्सवलाई लक्षित गरेर आएका पर्यटकलाई सहज होस् भन्ने हेतुले छुटको घोषणा गरेको क्षेत्रीय रेवानका अध्यक्ष लालबहादुर भट्टले जानकारी दिए । छुट सुविधा लिनका लागि खाना महोत्सव परिसरमा रहेको सचिवालयबाट बुकिङ लिनुपर्ने उनले बताए ।

आजदेखि सुरु भई फागुन ४ गतेसम्म चल्ने यसपालीको खाना महोत्समवा भ्यालेन्टाइन जोडीलाई सौरेलीले विशेष निम्तो नै दिएका छन् । विशेष छुट प्याकेज कै घोषणा गरेर सौरेलीले खाना महोत्सवमा निम्तो बाँडेका हुन् ।

“प्रेमी जोडीका लागि सौराहा महत्वपूर्ण गन्तव्य हो, त्यसमाथि फुड फेष्टिवलले झन् उनीहरुलाई रौनक दिनेछ”–कार्यक्रम संयोजक नरेश गिरीले भने “जोडीलाई सौरेलीको निम्तो छ ।”

सौराहामा १०० बढी सुविधायुक्त होटलमा दैनिक दुई हजार ५०० पर्यटक बस्न सक्ने क्षमता छ । अहिले पर्यटकको सिजन नभएकाले उनीहरुलाई आकर्षित गर्न हात्ती महोत्सव, खाना महोत्सव, नयाँ वर्ष उत्सवलगायत कार्यक्रम सौरेलीले गर्दै आाएका छन् । जसका कारण आन्तरिक पर्यटक भने बढेको व्यवसायी शीरलाल परियार बताउँछन् ।

यसपटक खाना महोत्सवमा स्थानीय परिकार, थारुको परिकार र सौराहामा हुने खाना तथा अन्तर्राष्ट्रिय परिकार प्रदर्शन गरिदै छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले सौरहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर खाना महोत्सव आयोजना गरेको हो । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” भन्ने नारासहित कार्यक्रम गरिएको हो ।

महोत्सवबाट आएको आम्दानीमध्ये केही प्रतिशत अपाङ्ग तथा वृद्धवृद्धालाई सहयोग, खेल मैदान व्यवस्थापन, स्थानीय क्लब तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने जनाईएको छ । महोत्सवमा करिब रु ४० लाख खर्च हुने र रु५० लाख बढीको कारोबार हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक गोकर्ण गिरीले बताए ।

प्रकाशित मितिः २०७३ माघ २९

वि.सं.२०७३ माघ २९ शनिवार १५:४८ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...