खुल्यो हाइड्रोको सेयर कारोबार !

काठमाडौ । सोमबारदेखि दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर कारोबार खुलेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा डिएचपीएल कोडबाट दिव्यश्वरीका सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

दिब्यश्वरी हाइड्रोको कारोबार खुल्ने सेयरमूल्य प्रतिकित्ता ११६ रुपैयाँदेखि ३४८ रुपैयाँ तोकिएको छ । हाइड्रोले गत साता नेप्सेमा २६ लाख ४० हजार कित्ता सेयर सूचिकृत गराएको थियो ।

दिब्यश्वरी हाइड्रोको समेत कारोबार खुलेपछि नेप्सेमा कारोबार हुने जलविद्युत कम्पनीको संख्या एघार पुगेको छ । कम्पनीले संखुवासभाको धुपु गाविसमा चार मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हाइड्रोले आगामी साउनदेखि व्यवसायिक रुपमा विद्युत उत्पादन गरि बिक्रि बितरण गर्नेछ ।

प्रकाशित मितिः २०७३ फागुन २

२०७३ फागुुण २ गते १३:१८ मा प्रकाशित

You can share this post!

घर जग्गा व्यवसाय संकटमा ! कसरी ?

शक्तिशाली भूकम्पपछि पराकम्पले त्रासदी,मानिसहरु सडकमा !

Related posts