back
NMB ad

धनगढीमा स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र स्थापना

Kumari bank ad

कैलाली। क्रिकेटको सहर धनगढी क्रिकेटमय बन्दै गएका बेला प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र, धनगढीमा आइतबारबाट औपचारिक रुपमा उद्घाटन भएको छ ।

क्रिकेटको सहर धनगढीमा क्रिकेट गतिविधिहरु बढिरहेका बेला प्रशिक्षण गर्नका लागि झन्डै रु आठ लाखको लगानीमा स्पार्क क्रिकेट एकेडेमी स्थापना भएको हो । निजी क्षेत्रबाट धनगढी क्रिकेट एकेडेमीले कलिला क्रिकेटर खेलाडीलाई प्रशिक्षण गराउँदै आएकामा क्रिकेटर पदम केसीले धनगढीमा अर्को सुविधा सम्पन्न क्रिकेट प्रशिक्षण केन्द्रको स्थापना गरेका हुन् ।

कैलाली जिल्ला क्रिकेट सङ्घले पनि धनगढीको कभर्डहलमा प्रशिक्षण दिँदै आएको छ । नयाँ नयाँ प्रविधि र सुविधासहित खेलाडीलाई प्रशिक्षण दिनका लागि स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको क्रिकेटर पदम केसीले बताए ।

क्रिकेट खेलमा जुनियर खेलाडीलाई प्रशिक्षण दिने मुख्य उद्देश्यका साथ स्थापना गरिएको प्रशिक्षण केन्द्रमा अहिले स्वयम् केसीले प्रशिक्षण दिनेछन् भने केही समयपछि भारतबाट प्रशिक्षण ल्याएर प्रशिक्षण गराइने प्रशिक्षक केसीले जानकारी दिएका छन् । क्रिकेटलाई व्यावसायिक बनाउने लक्ष्य लिएको क्रिकेट प्रशिक्षण केन्द्रले युवा खेलाडी जन्माउन प्रशिक्षण केन्द्र स्थापना गरिएको क्रिकेटर केसीको भनाइ छ ।

लामो समयसम्म सुदूरपश्चिमको क्षेत्र नं ६ र क्षेत्र नं ९ बाट राष्ट्रिय क्रिकेट खेल्दै आएका केसीले तीन वर्ष विदेशमा पनि बिताए । आफूहरुले क्रिकेट खेल्ने समयमा भोगेका समस्या भोग्न नपरोस् भनेर केसीले आफूलाई खड्किएको अभावलाई महसुस गर्दै सुविधा सम्पन्न क्रिकेट प्रशिक्षण सञ्चालनमा ल्याएको बताएका छन् । रासस

प्रकाशित मितिः २०७३ फागुन २

वि.सं.२०७३ फागुन २ सोमवार १४:३१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...