back
NMB ad

मोफसलमा पत्रकारलाई ‘पर्यटनमा फिचर लेखन’ तालिम

Kumari bank ad

काठमाडौंः ‘पर्यटनमा फिचर लेखन’ तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन पत्रकार मञ्चले नवलपरासीको पर्यटकिय क्षेत्र अमलटारी होमस्टेमा सञ्चालन गरेको दुईदिने तालिममा विभिन्न जिल्लाका २७ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

NFTJ18

सञ्चार माध्यमको तर्फबाट विभिन्न जिल्लामा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर तालिमको आयोजना गरिएको थियो । उत्त तालिम नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाँउले र मञ्चको सल्लाहकार समेत रहेका वरिष्ठ पत्रकार तथा नेकपा (एमाले) पर्यटन विभाग प्रमुख  सुर्य थापाले दिएका थिए ।

NFTJ15

तालिम दिँदै गाँउलेले पर्यटनको विकासका लागि पत्रकारहरु गम्भिर रुपमा कलम चलाउनु पर्ने बताए । गाउँलेले पछिल्लो सयमा पर्यटकहरु नेपालको प्राकृतिक सम्पदा, विभिन्न संस्कृती, हिमालका साथै विश्वकै कान्छो गणतन्त्र, भूकम्पपछिको नेपाल हेर्न आउने गरेको बताए ।

NFTJ2

यता थापाले मुलुकको आर्थिक विकासमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए । नेपालमा पर्यटकका लागि धेरै ठाँउ रहेको र प्रचार प्रसारको अभावमा चर्चामा आउन नसकेको बताए । उनले भने, ‘प्रचार प्रसारमा आउन नसकेका ठाँउको पनि सञ्चार माध्यमबाट प्रचार प्रसार हुनुपर्यो, जसले गर्दा पर्यटक बढुन ।’

NFTJ5

नेपालमा बसाई लम्ब्याउने पर्यटकको आवश्यकता रहेको भन्दै आफ्नो देशबाट ल्याएको खाना खाने र पानीका बोतल मात्र नेपालमा फाल्ने पर्यटकको कुनै आवश्यक नरहेको बताए ।

NFTJ3

तालिममा पर्यटन बोर्डका सञ्चार शाखाका प्रमुख शरद प्रधानले पर्यटन बोर्डले पर्यटनको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर काम गरि रहेको बताए । उनले नेपालका साथै विदेशमा पनि प्रचार प्रसारलाई तिब्रता दिएकोमा जोड दिए ।

NFTJ

यस्तै सोट्टो–नेपालका उपाध्यक्ष मधुसुदन उपाध्यायले रारा ताल लगाएतका क्षेत्रमा पर्यटकको संख्या बढाउन आवश्यक काम गरिरहेको बताए । केही समय पहिला पाँच–सात हजार मात्र पर्यटक जाने रारा ताल क्षेत्रमा सोट्टोले प्रचार प्रसार सुरुगरेपछि यो संख्या दैनिक सयौंको संख्यामा बढेको बताए ।

NFTJ4

मञ्चका अध्यक्ष विद्रोही गिरीले पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न पत्रकार पनि जानकार हुनु पर्ने भन्दै पत्रकारको क्षमता विकास गर्न अभियानकै रुपमा तालिम लगायतका कार्यक्रम गर्ने बताए ।

NFTJ6

NFTJ8

NFTJ9

NFTJ14

NFTJ16

NFTJ17

NFTJ12

NFTJ11

वि.सं.२०७३ फागुन ३ मंगलवार ०९:०८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...