बैंकको बुक क्लोजको मिति थाहा पाउनुहोस्, निष्कासन हुँदैछ शतप्रतिशत हकप्रद सेयर

काठमाडौ। भार्गव बिकास बैंकले हकप्रद शेयर निष्कासनकालागि बुक क्लोज मिति तोकेको छ । कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले फाल्गुन १२ गते बुक क्लोज हुने जनाएको छ । फाल्गुन ११ गते सम्म दोस्रो बजारमा शेयर खरिद गर्ने शेयरधनीलाई शतप्रतिशत हकप्रद दिने कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७३/७४ पुस मसान्त सम्म एक करोड ८० लाख आठ हजार रुपैयाँ कमाएको छ । कम्पनीको हाल १४ करोड ४० लाख चुक्ता पूँजी रहेको छ।

बैंकले २० प्रतिशत बोनस यसअघि नै घोषणा गरिसकेको छ। कम्पनीको २० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी ३५ करोडमाथि पुग्नेछ ।

प्रकाशित मितिः २०७३ फागुन ३

२०७३ फागुुण ३ गते १५:०७ मा प्रकाशित

You can share this post!

नेप्सेमा ‘क’ वर्गका कम्पनीको संख्या घट्यो,जम्मा १०७ कम्पनी सूचिकृत,हेर्नुहोस् कुन कुन ?

एसएमएसमार्फत यसरी हुँदैछ विद्यार्थी भर्ना अभियान !

Related posts