back
NMB ad

फागुन ६ गतेदेखि काठमाडौमा अन्तर्राष्ट्रिय कृषि मेला आयोजना हुने

Kumari bank ad

काठमाडौ। आगामी फागुन ६ गतेदेखि ८ गतेसम्म बृहत् अन्तर्राष्ट्रिय कृषि मेला हुने भएको छ ।
काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलामा भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजरायल, बङ्गलादेश, जर्मनी, बेल्जियम, नेदरल्यान्डसहित १६ देशका २०० प्रदर्शनकर्ताले विभिन्न कक्ष समावेश गर्ने छन् ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सर्जल भट्टराईले कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पु¥याउने उद्देश्यले सो मेला आयोजना गर्न लागेको जानकारी ए ।

नेपालमा झन्डै रु एक अर्बभन्दा बढीको कृषि औजार आयात हुने गरेको छ । विशेषगरी धान, गहुँ, मकै, कोदोसम्बन्धी बाली लगाउने र भित्र्याउने प्रयोजनमा प्रयोग हुने कृषि औजार आयात हुँदै आएको छ । प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरण, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पोल्ट्री एवम् पशुपालन उद्योगसम्बन्धी विभिन्न प्राविधिक गोष्ठीसमेत सञ्चालन गरिनेभएको छ ।

मिडिया स्पेस सोलुसन प्रालि फ्युचरेक्स इन्डिया र कृषि मेसिनरी व्यवसायी सङ्घको आयोजनामा हुन गइरहेको उक्त प्रदर्शनीमा कृषि विकास मन्त्रालय तथा कृषि इन्जिनियरिङ निर्देशनालय सहआयोजक पशुपक्षी विकास मन्त्रालय, कृषि उद्यम केन्द्र व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ सहयोगीका रुपमा रहेका छन् ।

प्रकाशित मितिः २०७३ फागुन ३

वि.सं.२०७३ फागुन ३ मंगलवार १७:३७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...