काठमाडौ । समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयर बुधबार बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय लाजिम्पाटमा भएको बाँडफाँडमा कुल आवेदकमध्ये १० प्रतिशत आवेदकले १० कित्ता सेयर पाएका छन् ।
कुल ८६ हजार दुई सय ३७ जना आवेदकमध्ये आठ हजार आठ सय ५६ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका हुन् । बाँकी सबैलाई गोलाप्रथाबाट सेयर प्रदान गरिएको विक्री प्रबन्धकले जनाएको छ ।
संस्थाले गत पुस १९ गते देखि ९४ हजार आठ सय कित्ता साधारण सेयर निष्काशन गरेको थियो । संस्थाले निष्काशन गरेको ९४ हजार आठ सय कित्ता सेयरमध्ये एक हजार आठ सय ९६ कित्ता सेयर कर्मचारी र चार हजार सात सय ४० कित्ता सेयर म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । बाँकी ८८ हजार १६४ कित्ता सेयर मात्रै सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड गरिएको हो ।
प्रकाशित मितिः २०७३ फागुन ४
वि.सं.२०७३ फागुन ४ बुधवार १३:१६ मा प्रकाशित