back
NMB ad

सेयर बजारमा उतार चढाव हुँदा दिक्क हुनुहुन्छ ? यसरी पत्ता लगाउनुहोस् मौका

Kumari bank ad
सेयर बजारको प्रवृत्ति नै माथि तल गरिरहने भएकाले पनि यहाँ बारम्बार खरिद बिक्रीका अवसर आइरहन्छन्। ति अवसर अल्पकालीन र दीर्घकालीन समयमा प्राप्त हुने गर्छन्। दैनिक, हप्ता वा महिनामा हुने उतार चढावले अल्पकालीन अवसर प्राप्त हुन सक्छ।
तर दीर्घकालमा प्राप्त हुने अवसरका लागि लगानीकर्ताले लामै समय धैर्य गर्नुपर्छ। जुन चाहेर पनि तत्काल प्राप्त हुन सक्दैन। दीर्घकालमा प्राप्त हुने अवसरले लगानीकर्तालाई अथाह सम्पत्ति कमाउने अवसर भने प्रदान गर्छ नै।
सेयर बजारमा अहिले यस्तै खरिदको अवसर हामीले पाउँदै छौँ, जुन ५ वर्षअघि २०६८ सालमा प्राप्त भएको थियो। यो अवसरलाई सामान्य अवसरको रुपमा बुझ्न सकिँदैन। सामान्य बोलिचालीको भाषामा यसलाई बम्पर अवसरको रुपमा लिन सकिन्छ। यसको उपयोग गर्न सके नसोचेको पैसा सेयर बजारमा बनाउन सकिन्छ।
तर यस्तो निरन्तर घट्दो बजारमा पैसा लिएर छिर्न हिम्मत र साहष चाहिन्छ। जुन कमैले राख्छन्। त्यसकारण पनि बजारमा पैसा बनाउनेको संख्या कम नै हुने गर्छ। बढ्दो व्याजदर र घट्दो प्रतिसेयर आम्दानीका कारण बजारले लगानीको राम्रो अवसर प्रदान गर्दैछ।
जाडो सकिँदै गरेर गर्मी सुरु हुँदै गर्दा पसलेले जाडोको कपडामा ग्राहकलाई जसरी ठूला अंकमा छुटको अवसर प्रदान गर्छन् अहिलेको सेयर बजारले पनि लगानीकर्तालाई यस्तै अवसर प्रदान गरिरहेको छ। हिजो ९ सयमा किन्न नपाएको सेयर आज ४ सयमा किन्न पाइन्छ। ४ सयमा किन्न नपाएको सेयर दुई सयमा किन्न पाइँदै छ।
यो भन्दा पनि बढी छुटमा पाइने सम्भावना अझै कायम छ। यो नै बजारले दिएको ‘बिग सेल’को अवसर हो। जुन पसलेले गर्मी सुरु हुने बेलामा बाक्लो कपडामा प्रदान गर्ने छुटजस्तो हरेक वर्ष प्राप्त गर्न सकिँदैन । जसका लागि लामै समय कुर्नुपर्छ। जुन हामीले लगभग कुरीसक्यौँ।
बिग सेलको अवसर गुमाएका ग्राहकले धेरै पछिपछुतो गरेजस्तो सेयर बजारमा पनि पछुतो हुने गर्छ। २०६८ वा २०६९ सालमा सेयर नकिन्नेले २०७३ सम्म नै पश्चाताप गरे। २०६० सालमा सेयर नकिन्नेले २०६५ सम्म पश्चाताप गरे। अझै गरिरहेका छन्। तर अहिले त्यो अवसर दोहोरिँदै छ।
अब अवसर लिनुपर्छ र बजारबाट पैसा हाम्रो पोल्टामा पार्नु पर्छ। त्यसका लागि लगानीकर्ताले हतार होइन तयारी सुरु गर्न जरुरी छ। त्यो बेला आइ सकेको छ। सुरु गर्न पहिले बजारबाट राम्रा देखिएका १० वटा कम्पनीको सूचि बनाउनुहोस् र त्यस मध्येबाट राम्रा ५ वटा छान्नु होस्।
पैसा कमाउन धेरै कम्पनीमा लगानी गर्नै पर्छ भन्ने छैन। राम्रो एउटै भए पनि पुग्छ। धेरैसँग एकभन्दा बढी कम्पनीको सेयर किन्ने हैसियत नहुन पनि सक्छ। कम्पनी छान्दा कम्पनीको दोस्रो त्रैमासिकको नाफा, प्रतिसेयर आम्दानी, इक्विटीमा प्रतिफललाई हेर्नुहोस् र तुलना गर्नुहोस्।
त्यसमा सम्भावित हकप्रद र विगत ५ वर्षको औसत लाभांश (बोनससहित)लाई आधार माने अझ राम्रो हुन्छ। यसका लागि ‘सेयरको आधारभूत विश्लेषण’ नामको कितावको सहयोग लिन सक्नु हुन्छ। दोस्रो आफूसँग भएको पैसामध्ये कति पैसा सेयरमा लगानी गर्न सकिन्छ त्यसको निक्र्योल गर्नुहोस्।
तर यो पैसा तत्काल सेयर बिक्री गरेर नाफा लिने गरी लगानी गर्ने भन्दापनि कम्तिमा दुई तीन वर्षका लागि लगानी गर्नेगरी पैसा छुट्याउनुहोस्। यो अवसर छोटो समयमा फाइदा लिने अवसर होइन। यो दीर्घकालीन अवसर हो।
बजारसँग नजिक हुन र बजारका गतिविधिलाई नियाली राख्न तपाइले छुट्याएको पैसामध्ये १० प्रतिशत पैसाले कुनै राम्रो कम्पनीको सेयर तत्काल किन्नुहोस्। बजारमा तरलता र व्याजदर सम्वन्धि समाचारलाई राम्ररी अध्ययन गर्नुहोस्। बजारमा तरलता बढेको र ऋणको व्याज घट्न थालेको समाचारहरु आउन थालेमा लगानी केही बढाउन सकिन्छ।
तर हाल केही दिनमै व्याजदर घटिहाल्ने अवस्था भने छैन। यो क्रमश घट्दै जाने गर्छ। त्यसैले अहिले नै हौसिएर सबै पैसा सेयरमा लगानी गरिहाल्ने अवस्था अझै पनि छैन। किनकि बजारमा बिक्री चाप बढ्दो छ। जसकाकारण राम्रा सेयरमा थप छुट प्राप्त हुने सम्भावना प्रशस्तै छ। जुन तपाइले आशा गरे भन्दापनि बढी हुन सक्छ।
बिक्रीको यो चाप चैत अन्तिमसम्म रहन सक्ने सम्भावना छ। किनकि चैत अन्तिममा तेस्रो त्रैमासिकको अन्त्य हुने भएकाले पनि बैंकले ऋणीबाट साँवा र व्याजअसुल गर्न ताकेता गर्न सक्छन् जसको नकारात्मक प्रभाव सेयर बजारमा थप पर्न जान्छ।
चैत पछिबाट हरेक वर्ष झँै सेयरको सिजन सुरु हुन्छ। विगत १४ वर्षमा ११ वर्ष चैतपछि सेयर बजार बढेको छ। त्यो सिजलन फाइदाका लागि चैतपछि भने बजारमा लगानी केही बढाउन सकिन्छ।
सेयरबाट पैसा कमाउने र बजारमा छिर्न चाहनेका लागि बजारले राम्रो अवसर प्रदान गर्दै छ। जसबाट हामी भाग्नु हुँदैन । योजनाबद्ध ढंगले त्यसको फाइदा लिने हो। बजार घट्नुलाई नकारात्मक रुपले मात्र हेर्न सकिँदैन किनकि यसमा खरिदका राम्रा अवसरहरु पनि आइ रहेका हुन्छन्।
रबिन्द्र भट्टराई, सेयर बजार विश्लेषक 
५ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ५ बिहीवार १०:३९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...