back
NMB ad

अब नोटमा केरमेट गर्न नपाइने, गरेमा ३ महिना कैद, ५ हजार जरिवाना

Kumari bank ad

काठमाण्डौं । अब राष्ट्र बैंकबाट जारी भएका नोटमा कसैले लेखेमा वा कोरेमा फौजदारी कानुन उल्लङ्घन हुने भएको छ । फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक २०७१ बारे छलफल गर्न बनाइएको उपसमितिको प्रतिवेदनले यस्तो व्यवस्था थप गरेको हो।

प्रतिवेदनले प्रस्तावित गरेको मुलुकी अपराध संहिता, २०७३ को दफा २६३ मा बैँक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैँक नोटमा लेख्न नहुने सम्बन्धी व्यवस्था गरेको छ।

सुरु विधेयकमा नभएको उपदफा २ र ३ प्रतिवेदनमा थप गरिएको छ। उपदफा २, कसैले बैँक नोटमा लेख्न वा कोर्न हुँदैन। उपदफा ३, त्यसो गर्नेलाई सजायको व्यवस्था, तीन महिनासम्म कैद र पाँच हजार रुपैयासम्म जरिवाना।

नोट सम्बन्धी विभिन्न निर्देशन हाल नेपाल राष्ट्र बैँकले दिँदै आएको छ। पछिल्लो पटक राष्ट्र बैँकले सबै बैँक र वित्तीय संस्थाहरुलाई नोटको बण्डलमा स्टिच नगर्न निर्देशन दिएको थियो। त्यसअघि सर्वोच्च अदालतले नेपाली रुपैयाँको नोट फोहर नगर्ने व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो।

६ फागुन २०७३, बिजमाण्डु, ११।००

वि.सं.२०७३ फागुन ६ शुक्रवार ११:१८ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...