back
NMB ad

छैसठ्ठी केभी विद्युत् खम्बा ढल्यो !

Kumari bank ad

काठमाडौ। सुनकोसीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनको खाडीचौर–अँधेरी खण्डमा पर्ने ६ नं खम्बा आज बिहान ढलेको छ । यसबाट सुनकोसी जलविद्युत्गृहको करिब पाँच मेगावाट विद्युत् काठमाडौँ आउन सक्ने छैन । सो टावर जोखिमयुक्त अवस्थामा भएकाले यसको सुरक्षासम्बन्धी कार्य जालीमा ढुङ्गा कसेर भैरहेको थियो । अहिले नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली उक्त स्थानतर्फ प्रस्थान गरिसकेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

सुनकोसीको विद्युत् ११ केभी फिडरबाट बाह्रबिसे, चौतारामा स्थानीय रुपमा केही खपत हुने छ भने लामोसाँघु–भक्तपुर १३२ केभी लाइनबाट काठमाडौंँमा खिम्ती विद्युत्गृह र ढल्केबर–मुजफरपुर प्रसारण लाइनबाट आउने विद्युत् आई नै रहने छ । काठमाडौँको विद्युत् आपूर्ति नियमिततालाई निरन्तरता दिन काठमाडौँ छिर्ने अन्य प्रसारण लाइनमध्येबाट हुनेगरी नोक्सान भए बराबरको विद्युत् परिमाण बढाई काठ्माडौँवासीलाई यसको असर पर्न नदिन भारप्रेषण केन्द्रले आवश्यक गृहकार्य सहित व्यवस्था मिलाउने जनाइएको छ । रासस

फाईल फोटो

प्रकाशित मितिः २०७३ फागुन ७

वि.सं.२०७३ फागुन ७ शनिवार १३:२२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...