चितवनको ‘मेघौली सराइ लज’ विश्वका ‘उत्कृष्ट नयाँ होटल’को सूचिमा

काठमाण्डौं । अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ।

पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको उक्त पत्रिकाले हरेक वर्ष प्रकाशन गर्ने सूचीअन्तर्गत यसपालिको संस्करण ‘२०१७ इट लिष्ट’मा मेघौली सराइलाई समावेश गरेको हो। चौधरी ग्रुपद्वारा सञ्चालित मेघौली सराइको व्यवस्थापन विश्वस्तरीय ताज होटल्स समूहले गरिरहेको छ।

विश्वका ६ महाद्वीपका ३१ देशबाट ४४ होटललाई छनौट गरिएकोमा नेपालबाट एकमात्र होटल मेघौली सराइ पनि परेको हो। ‘यो वर्षको प्रतिस्पर्धा विगतको भन्दा वास्तवमै उच्चस्तरको रहेको थियो’ पत्रिकाले भनेको छ ‘यी ४४ होटलहरुले विभिन्न क्षेत्रमा विशिष्टता प्रदर्शन गरेका छन्।

८ फागुन २०७३, ११।००

२०७३ फागुुण ८ गते १२:५० मा प्रकाशित

You can share this post!

सुन जोडिहाल्ने कि ? आज घट्यो भाउ

अबको राष्ट्रपतीय निर्वाचनमा कसले जित्ला ?

Related posts