काठमाण्डौं । मिर्मिरे माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निस्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निबेदन दिएको छ। कम्पनीले एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो।
गत १४ पुषमा सम्पन्न कम्पनीको साधारण सभाले ५० प्रतिशत बोनश र त्यसपछि कायम हुने चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको थियो।
कम्पनीले पुष मसान्तसम्ममा ८४ लाख खुद मुनाफा आर्जन गरेको छ भने प्रति सेयर आम्दानी ५६.०२ रुपैयाँ पुगेको छ। कम्पनी प्रति सेयर नेटवर्थ १७८.८८ रुपैयाँ रहेको छ।
८ फागुन २०७३, १.००
वि.सं.२०७३ फागुन ८ आइतवार १३:५८ मा प्रकाशित