back
NMB ad

आइपिएल टिम पुनेको कप्तानबाट धोनी बर्खास्त !

Kumari bank ad

फागुन । इण्डियन प्रिमियर लिग आइपिएलको टिम राइजिङ पुने सुपरजायन्ट्सले महेन्द्रसिंह धोनीलाई कप्तानको जिम्मेवारीबाट हटाएको छ । उनको ठाउँमा क्लबले अस्ट्रेलियाका स्टिभ स्मिथलाई कप्तान बनाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

राइजिङ पुने क्लबको व्यवस्थापन उनको कप्तानीप्रति असन्तुष्ट रहेकाले उनलाई जिम्मेवारीबाट हटाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गत वर्ष धोनीको कप्तानीमा आइपिएल खेलेको पुनेले सातौं स्थानमा अर्थात् पुछारबाट दोस्रो स्थानमा रहेर प्रतियोगिता टुंगाएको थियो ।

२०१७ सालको आइपिएलका लागि खेलाडीको लिलामी हुनुभन्दा एकदिन अघि क्लबले यस्तो निर्णय गरेको हो । चेन्नाइ सुपर किग्सका पूर्व कप्तान पनि रहेका ३५ वर्षिय धोनी आइपीएल क्रिकेटको इतिहासमा सबैभन्दा सफल कप्तान मानिन्छन् ।

उनको नेतृत्वमा चेन्नाई सुपर किंग्सले २ पटक आइपिएलको उपाधि जितेको छ भने ४ पटक उपबिजेता बनेको थियो । धोनीले केही समयअघि मात्रै राष्ट्रिय टिमको एकदिवसीय क्रिकेटको कप्तानीबाट राजीनामा दिएका थिए ।

प्रकाशित मितिः २०७३ फागुन ८

वि.सं.२०७३ फागुन ८ आइतवार १४:२७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...