आजबाट उडे गौथली र फेवा, आन्तरिक पर्यटनमा थप टेवा पुग्ने

काठमाण्डौं । नेपाल वायुसेवा निगमले आज सोमबारबाट नयाँ चिनियाँ विमानमार्फत पनि हवाइ सेवा सुरु गरेकोछ । चीनले सहुलियत ऋण दिएको दुई एमए ६० (फेवा) र वाइ १२ ई (गौंथली) नयाँ विमानले आजबाट सेवा थालेका हुन् । यो सँगै अब निगमले ९ वटा विमानमार्फत आन्तरिक उडान भर्नेछ ।

दुबै विमानले दैनिक ३ रुटमा ६ वटा उडान भर्नेछन् । ५६ सिट क्षमताको नयाँ एमए–६० ले काठमाडौं-विराटनगर-काठमाडौं र काठमाडौं-धनगढी-काठमाडौं रुटमा दैनिक रुपमा उडान भर्नेछ । काठमाडौं-भद्रपुर-काठमाडौं रुटमा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने निगमको तालिका तय भएको छ । मंगलबार, बिहीवार र शनिबार काठमाडौ९भैरहवा९काठमाडौं उडान हुनेछ । एमए ६० ले महिनाभर १ सय ५ घण्टा उडान गर्ने निगमले जनाएको छ ।

त्यस्तै, वाइ १२९ई विमानले नियमित रुपमा काठमाडौं-पोखरा-काठमाडौं र काठमाडौं-नेपालगञ्ज-काठमाडौं उडान भर्नेछ । आइतबार, सोमबार, बुधबार र शुक्रबार काठमाडौं-भैरहवा-काठमाडौं रुटमा विमान उड्नेछ । वाइ९१२ ईले मंगलबार, बिहीवार र शनिबार काठमाडौं-सिमरा-काठमाडौं उडान गर्नेछ । वाइ १२ ले मासिक १ सय १४ घण्टा उडान सेवा दिने निगमले जनाएको छ ।

९ फागुन २०७३, १।००

२०७३ फागुुण ९ गते १४:२६ मा प्रकाशित

You can share this post!

१५ हजार रुपैयाँ र निवेदनका साथ आए १ लाख बराबरको बत्ती

सेयर बजारमा आज ८२ करोडको कारोबार, के होला त कारण ?

Related posts