स्थानीय चुनाव घोषणाको असर : आजको सेयर मार्केट कहाँ पुग्ला !

काठमाडौँ । स्थानीय चुनाब घोषणाले राजनीतिक दल र जनतामा जति उत्साह छाएको छ त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा समेत देखा पर्न थालेको छ ।

सुस्ताएको शेयर बजार चुनाब घोषणाकै बेला देखि सलबलाउन थालेको छ । लगानी कर्ताहरु उत्साहित देखिएका छन् । राज्यले खुलाउनु पर्ने ठेक्का पट्टाका कामहरु ठप्प हुँदा सरकारी ढुकुटीमा जम्मा भएको बजेट खर्च हुन सकेको थिएन । सरकारी पैसा डम्प भएर बस्दा अर्थतन्त्रमा समेत ठुलो असर देखिन थालेको थियो । पछिल्लो समय बैंकमा पैसा नहुँदा चर्को ब्याजदरमा बचतकर्तालाई आकर्षित गर्न थालिएको छ । बैंकको आकर्षक व्याज र खस्कँदो सेयर बजारका कारण लगानी कर्ताहरु ब्याजको मोहमा बैंक तर्फ आकर्षित भएका हुन् । चुनावको मिति घोषणासंगै अर्थतन्त्रमा देखिएको चहल पहलले सेयर बजार एका एक बढ्ने संकेत सेयर विश्लेषकहरुको छ । चुनाब लक्षित विकास निर्माणका कामहरु वृद्धि हुने अनुमान गरिएको छ । सरकार र राजनीतिक दलले पनि खर्च बढाउँदा बजार चलायमान हुने हुँदा अर्थतन्त्रमा सुधार आउने अनुमान छ ।

२०७३ फागुुण ९ गते २१:०० मा प्रकाशित

You can share this post!

१४ राजदुत सिफारिस, को–को भए हेर्नुहोस सूची सहित !

Local elections on May 14, MoFA to dole out 10 billion rupees to EC

Related posts