काठमाण्डौं । आज सेयर बजार सामान्य उतार चढाव हुँदै सात अंकले घटेर बन्द भएको छ। चुनाव घोषणा हुने समाचारका कारण हिजो सोमबार उत्साह छाएको बजारमा आज भने केही निराश देखिएकोछ ।
आज सेयर बजारमा ७.५४ अंकको गिरावट संगै १३५७.५७ अंकमा बन्द भएको छ । मंगलबार सोमबारको तुलनामा कारोबार रकम समेत करिब २१ करोडले घटेको छ। आज सेयर बजारमा ६० करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । चुनाव घोषणा भए पनि मधेसी मोर्चाले अवरोध गर्ने भन्दै हिजो सोमबारै बिज्ञप्ति निकालेपछि बजारको उत्साह टिक्न नसकेको विश्लेषकहरु बताउँछन् ।
१० फागुन २०७३, ३।४०
वि.सं.२०७३ फागुन १० मंगलवार १५:३६ मा प्रकाशित