back
NMB ad

तेस्रो मुलुकबाट गरिने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा

Kumari bank ad

काठमाडौ । भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट आयात गरिने सामानमा लगाएको साढे ४ प्रतिशत सेवा शुल्क भारतले हटाएको छ । भारतको वित्त मन्त्रालय, राजश्व विभागले हालै मात्र सूचना निकालेर सेवा शुल्क हटाएको हो । सूचनामा भारतको कर लाग्ने क्षेत्रमा गए यो कर लाग्ने तर, दोस्रो मुलुकमा जाने सामान भने यो कर नलाग्ने उल्लेख छ ।

तर, कागजजातहरुमा आयात भएको सामान भारतीय कर लाग्ने क्षेत्रमा नजाने प्रष्ट खुलाउनु पर्नेछ ।
कोलकातास्थित नेपाली महावाणिज्य दूत एकनारायण अर्यालले राजश्व विभागले सर्कुलर जारी गरेर सेवा शुल्क हटाएको सूचना आएको बताए ।

करिव एक महिनाअघि भारतले सूचना प्रकाशित गरेर भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट हुने आयातमा साढे ४ प्रतिशत सेवा शुल्क लगाएको थियो । भारतले यो आफ्नो बन्दरगाहाबाट आयात गर्ने सबैका लागि लगाएको थियो ।

यसले नेपाललाई ठूलो असर गरेको थियो । भारतीय बाटो हुँदै आउने सबै बस्तुको मूल्य बढ्ने देखिएको थियो । सेवा शुल्क लगाउने भारतको निर्णयको विरोध गर्दै नेपालले भारतीय पक्षसँग खारेजको माग गरेको थियो ।

नेपालले भने भूपरिवेष्ठित राष्ट्रका हैसियतमा भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट आयात हुने सामानमा कुनै पनि कर नलगाउन माग गर्दै आएको छ ।

प्रकाशित मितिः २०७३ फागुन १२

वि.सं.२०७३ फागुन १२ बिहीवार १३:०८ मा प्रकाशित

You can share this post!

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:१५

तनहुँ, ४ वैशाखः सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ...

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:०६

शिकागो (अमेरिका), ४ वैशाख : प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी...

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:५७

काठमाडौं ।  व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया...

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...