बैंकले जारी गर्दैछ एक करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता सेयर

काठमाण्डौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद जारी गर्ने अनुमति मागेको थियो ।

सिटिजन्स बैंकले दशौं वार्षिक साधारण सभावाट पारित निर्णय अनुसार एक करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता अर्थात एक अर्ब ३८ करोड बराबरको हकप्रद सेयर जारी गर्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हकप्रद निष्काशन गरिसक्ने बैंकको योजना छ ।

हाल बैंकको चुक्ता पूंजी ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेकोमा २५ प्रतिशत हकप्रद सेयरको वांडफांड पश्चात बैंकको चुक्ता पूंजी ६ अर्व ९२ करोड १६ लाख ९० हजार पुग्नेछ । चालु आर्थिक बर्षको मुनाफाबाट एक अर्ब बढीको बोनश वितरण गरेर बैंकले ८ अर्ब पूँजी पुर्याउने बैंकको बैंकले गतबर्ष ५५ प्रतिशत हकप्रद बिक्री र ७५ करोड बराबरको बोनस सेयर वितरण गरेको थियो ।

बैंकले हकप्रद बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई विक्री प्रवन्धक नियुक्त गरिसकेको छ ।

१३ फागुन २०७३, ११।००

२०७३ फागुुण १३ गते ११:०४ मा प्रकाशित

You can share this post!

१७ प्रतिशत बोनस बाँडेको कम्पनीलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति

शतप्रतिशत हकप्रदको मौका नगुमाउनुहोस्, फागुन २२सम्म सेयर किन्नुहोस्

Related posts